Tuesday, 2 January 2018
मुक्तक ओईलिएको मात्र थियो पुष्प त्यो झर्यो भन्दै गई अब त मेरा सबै दु:खका दिनहरू टर्यो भन्दै गई कसैले दिल थमाए पछि,उसैले हात समाए पछि छामी ढुकढुकी मेरो अनि प्रकाश मर्यो भन्दै गई मुक्तक एकाएक सम्बन्ध हाम्रो टुटेकै थिए सत्रुहरूले भरपूर फाईदा लुटेकै थिए अंशवाण्ड गरेर भाइ टाढा जाँदा खेरी आँखाबाट अविरल आँसु छुटेकै थिए "मुक्तक" वास्तविकता यो हो पुष्प जगतले पुजेको छ र त उसको इज्जत शानले माथी उठेको छ धनीले गरीबलाई भुँईको हिलो ठान्छन् यहाँ सुन्नुस हिलोको महत्व त कमलले बुझेको छ "मुक्तक" यौटा झ्याउरे गीत गाएको अर्कैको भाकैमा परेछ राम्री देखेर आँखा मारे तर सिन्दूर ला'कैमा परेछ कथा सत्यनारायण पुजाको हो है त सुन्नुस हजुर अन्धकारमा पानी फालेको बुढीको नाकैमा परेछ प्रकाश पाठक "योगी" ना. न. पा. १० जगतपुर हाल-चेन्नई भारत "मुक्तक" :- १ भो नआऊ समीप, मलिन मुहार लिएर नआऊ नयनका ती अश्रुधारा,विवश भै पिएर नआऊ म हेर्न चाहन्छु शिखर चढेको, प्रगति नै गरेको आफू औंशी भै प्रकाश अरुलाई दिएर नआऊ "मुक्तक":- २ धिक्कार छ जिन्दगी भन्दै रुन्छु प्रवासमा हो दिन रात साहूको पाउ छुन्छु प्रवासमा बिरामी छन् आमा भनी फोन आउदा पनि जानै पाउदिन घर, बेहाल हुन्छु प्रवासमा! "मुक्तक":-३ कसैको पिठ्युँ पछाडी छुरा हान्ने बानी नराम्रो आफुले आफैलाई ठूलो ठान्ने बानी नराम्रो दुनियाँलाई पाठ पढाउँदै हिड्ने तिमी स्वयं आफ्नो छोडि अरूको धोती तान्ने बानी नराम्रो ''मुक्तक'' – ४ बुढा भएका आमा-बालाई वृद्धाश्रममा छोड्न थाले प्रगाढ़ ती सम्बन्धहरू, सदाको लागि तोड्न थाले संसार चिनाउने बाबा आमा अब घाँडो हुन्छ भन्छन् बुहारी त परै जावस् छोराले’नि बाटो मोड्न थाले । ''मुक्तक'' – ५ गोजी रित्तो छ भकारी खाली के आँटेर दशैं मनाऊँ पत्याउनै छोडे ऋण पनि कस्लाई ढाँटेर दशैं मनाऊँ भन्न त कति सजिलै भन्यौ धुमधामले दशैं मनाउनु माछा-मासु भागमा छैन सब्जी के काटेर दशैं मनाऊँ l ''मुक्तक'' –६ भन न दाइ मनपरेकी केटी फकाउने कसरी हो मनभित्रका कुरा सिधै गएर बताउने कसरी हो जब देखें उसको तस्वीर आँखामा नै बसेको छ संधै आईरहने उनको यादहरु हटाउने कसरी हो l प्रकाश पाठक "योगी" नारायणि नगरपालिका १० चितवन जगतपुर हाल :- चेन्नई भारत
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment