"स्वतन्त्र गजल"
देशलाई उठाएर मैले लम्किनु छ सधैँ
विश्वसामू नेपाल भनि चम्किनु छ सधैँ
!!
छैन तागत पाखुरीमा मूक बस्नै पर्यो
छोरा बुहारी कराउँदा दम्किनु छ सधैँ
!!
बा'आमाको सेवा रति नगरेको छोरो
भन्छ साहुको माखा हम्किनु छ सधैँ
!!
कुमाऊँ लुटिस्,टिस्टा लुटिस् छिमेकी
पख अब लुट्लास् भनी बम्किनु छ सधैँ
!!
चोखो माया गर्दा घात दिने केटीलाई
श्रद्धांजलि भन्दै पानी छम्किनु छ सधैँ
प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
हाल :- चेन्नई भारत
No comments:
Post a Comment