Tuesday, 2 January 2018
युनिक कोड :- 87 "गजल" :- १ (१) कहिल्यै पुरा नहुने यो रहर उस्तै छ नदीको आशमा बस्ने बगर उस्तै छ (२) यसै कहाँ पाईन्छर फल सफलताको शिखरमा पुग्ने कठिन सफर उस्तै छ (३) कसैले चोट दिएको थियो बिगतमा जोड्दिन फेरी सम्बन्ध डर उस्तै छ (४) मनले चाहे चारैतिर भेटिन्छ भगवान् मैले पुज्ने मन्दिरको पत्थर उस्तै छ (५) बर्षौ बितेछन् मैले कमाउन थालेको तर पनि खरकै छानो र घर उस्तै छ "गजल" :-२ (१) बदल्नु छ अब आफ्नै बानी बदल्नुछ कूलत त्यागेर यो जिन्दगानी बदल्नुछ (२) निक्कै साधनाले एक गजल कोरेको छु उला झैँ वजनदार भएन सानी बदल्नुछ (३) जस्लाई हेरे'नि सुन्दरी देख्छ यी आँखा डाक्टर भन्छ आँखाको नानी बदल्नुछ (४) खबरदार फोहर मुक्त होस् काठमाण्डौ नत्र मजबूर हामीले राजधानी बदल्नुछ (५) गिट्टी कुट्छु,ढुङ्गा फोर्छु,गर्छु मेहनत अझै बिगतको मेरो दु:खद कहानी बदल्नुछ "गजल" :- ३ कोर्दा कोर्दै यहाँ मनको वह गीत बनेछ आफ्नै कथा थियो आज अतीत बनेछ (१) रुन्न भन्ने वाचा गरेँ म उनको समीपमा आज रुदाँ रुदै दिन काट्ने रीत बनेछ (२) बगिरह्यो अश्रुधारा आँखाबाट सदैव नै मेरो आँसु ती पापीनीलाई शीत बनेछ (३) चिप्लो थियो बाटो लड्न लागिन उनी समाई दिएँ हात अहो ठुलो हित बनेछ (४) छोडी गईन जुन दिन देखी मेरी प्रियले त्यो दिनबाट वनको न्याउली मीत बनेछ (५) घिटिघिटि अन्तिम श्वास चल्दा प्रकाशको निर्मोहीलाई जिन्दगीको ठूलो जीत बनेछ नाम :- प्रकास पाठक क्षेत्री साहित्यिक नाम :- "योगी" ठेगाना :- भरतपुर २३ जगतपुर हाल :- चेन्नई भारत माता :- टिका माया पाठक क्षेत्री पिता :- भिम बहादुर पाठक क्षेत्री मोबाइल नम्बर :- ८८७०९९७१९५/९९६२६४०५७५
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment