गजल
मनैमा बसेकी पियारी तिमी हौ
अधर यो डसेकी पियारी तिमी हौ
!!
नराम्रो नठान्नु अनौठो नमान्नु
अँगालो कसेकी पियारी तिमी हौ
!!
म राम्री छु भन्ने थियो है घमण्ड
अनेकौं घसेकी पियारी तिमी हौ
!!
हजारौं थिए यी नयनमा बसेका
दिलैमा पसेकी पियारी तिमी हौ
!!
सुहाएको छैन् अधरमा त्यो लाली
बढी नै धसेकी पियारी तिमी हौ
बहर :- मुतकारिब
सूत्र :- १२२/१२२/१२२/१२२
विश्राम :- ६ अक्षरमा
No comments:
Post a Comment