कविता :- मनको भाव
चलाएको कलम
रोक्नै लागेको थिएँ
अचानक मानस्पटलमा
बिगतको कहानी एकाएक
ठोकिन पुग्यो..
सोचेँ केही गम्भीर भएर
ती उठाएका हतियार,
ती लुटेका धन,
ती पुछिएका सिउँदो,
ती अलपत्र परेका लाश,
ती हराएका छोरा/छोरी,
ती टुहुरा भएका छोरा/छोरी,
ती विधुवा बनेकी नारी,
ती बूढा आमा/बाबा,
ओहो !
के भयो होला...?
त्यो धन, ती बूढा बाबा आमा,
ती अलपत्र लाशहरू,
ती टुहुरा छोराछोरी,
साच्चै न्याय पाए होलान् त......?
जंगलको "लाखु" सहर गयो
देख्यो सन्सार उतै रमायो
यता हजारौं स्वप्न देखायो
दुनियाँलाई मारी आफ्नो
भाग्य लेखायो..
आएनन् आफन्त देश बदल्न
हिडेँका
देश भक्तिमा चुर्लुम्म डुबेका
झिनो आशा अझैँ छ रहेको
कि छ कि सबैलाई कालले
लगेको.....
कहाँ गए खै स्वप्न फुलाउने
मीठा मीठा बातमा भुलाउने
कैयौंलाई देखाएर अनेकौं रहर
घरवार जोडे आफ्नो मात्र
सहर..
हराएका छोरा/छोरी फर्केलान्
बाबा आमाका आँसु दर्केलान्
खै यो दिन आउला र कहिले
हाम्रा "महोदय" कहाँ छन्
अहिले.....?
दाइ तिमी वनमै रमाउथ्यौ
सानो ठूलो सबैलाई सघाउथ्यौ
किन एकाएक फेरीयो मन
जति लुटे पनि कमै भयो धन
ओहो! दाइ
मेरा ती बिगतका दिन
फर्काई देऊ,
दाजुभाइ दिदीबैनीहरू
फर्काई देऊ,
मेरो जवानी बित्यो तिम्रै
"चाकडीमा"
हिजो सम्म म चन्दन थिएँ
आज एकाएक अग्राख भएँ
देशको परिवर्तन भन्यौ
परिवर्तन तिमी भयौ
खै...?
गरेका बाचा पुरा गरेको...?
जनताको लागी मरेको....?
हिजो झैँ आज अगि सरेको...?
अरूको दु:खमा आँसु झरेको...?
हरेक कुराहरु
कहानी भयो
सधै झुठको विहानी भयो
प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
हाल :- चेन्नई भारत
No comments:
Post a Comment