Tuesday, 2 January 2018

गजल अचम्मै पियारी, सतायौ मलाई चुमेरै अधरमा, मतायौ मलाई !! चिसोले म थरथर,भएको बखतमा चुमेरै वदन यो ततायौ मलाई !! मनैमा अनेकौँ, रहर पो रहेछन् अहो! आज तिम्ले, बतायौ मलाई !! बढो दु:ख रै'छ,एक्लै बस्न घरैमा बसाली समीपमा, जतायौ मलाई !! फकाएर औधी, बस्यौ है समीप सिकाएर काम, रतायौ मलाई बहर :- मुतकारिब सूत्र :- १२२/१२२/१२२/१२ विश्राम :- ६ अक्षरमा गजल मनैमा बसेकी पियारी तिमी हौ अधर यो डसेकी पियारी तिमी हौ !! नराम्रो नठान्नु अनौठो नमान्नु अँगालो कसेकी पियारी तिमी हौ !! म राम्री छु भन्ने भयो है घमण्ड अनेकौं घसेकी पियारी तिमी हौ !! हजारौं थिए है नयनमा बसेका दिलैमा पसेकी पियारी तिमी हौ !! सुहाएको छैन् अधरमा त लाली बढी नै धसेकी पियारी तिमी हौ बहर :- मुतकारिब सूत्र :- १२२/१२२/१२२/१२२ विश्राम :- ६ अक्षरमा

No comments:

Post a Comment