"गजल"
यता लाख प्रेमी, मरेछन् शहरमा
कतै प्यारमा नै, परेछन् शहरमा
!!
गनाएछ औधी, सधै काठमाण्डौं
छ आराम सोच्दै, झरेछन् शहरमा
!!
गजबको छ तिम्रो,शहर ए!नेताजी
अबुझले बसाइँ, सरेछन् शहरमा
!!
समाचार आयो, बालाई विहानै
बलात्कार छोरी, गरेछन् शहरमा
!!
म सोच्दै बसेँ है, जगतको भलाई
न राम्रो कुरा क्वै, छरेछन् शहरमा
No comments:
Post a Comment