गजल
बिहानै उषा उदायाे
उज्यालो जगत् बनायो
!!
मनैमा विचार् लुकायौ
र भन्यौ हिया समायो
!!
हिमाली हुरी थियाे जाँ
धरामा कतै हरायाे
!!
सकेनन् चुकाउन धन्
लिनेले सदा सतायो
!!
जितेनन् चुनाव नेता
सभामा कुरो उठायो
!!
गरेको थियो विरोध
गुरूले शिष्य हटायो
!!
उसैको गरी बखान
फकाई नगद् फसायो
!!
परेको थियो समस्या
दुखित् भै अधर् उघायो
!!
छन्द :- फुँगी
सूत्र :- iss isi ss
विश्राम :- ३ अक्षरमा
मतला सहयोग :- राई बहादुर शाही
No comments:
Post a Comment