"गजल"
स्वयम् छ मूर्ख जगत दोषी देखायो
किन खै उस्ले फगत दोषी देखायो
!!
संस्कार बिर्सिएछन् छोराछोरीहरूले
समजाले बंशकै रगत दोषी देखायो
!!
लुट्न पाएन मन्दिरमा जसै गरे पनि
ओहो!पुजारीले भगत दोषी देखायो
!!
भ्रष्टाचारी हो भन्दै पुलिसले समाउँछ
वकील घुस लिएर लगत दोषी देखायो
!!
मन्दिर,मस्जिद,चर्च,गुम्बा पुज्दै हिड्दा
"योगी"भयो भनि अवगत दोषी देखायो
No comments:
Post a Comment