कविता :- "प्यासी मुसाफिर"
मदिरापान गरेर आफ्नो
जवानीको आँगो सान्त
पार्न यत्र-तत्र भौँतारिएका
ब्वासाहरू हरेक साँझ
भट्टीवाली साहुनीलाई
कुदृष्टि लगाउन छोड्दैनन्
ती वैवाहिक युवाहरू....
अनेकानेक बहाना बनाईं
कहिले हात,कहिले पाँखुरामा
स्पर्श गरेर रमाउन चाहन्छन्
भने वैचारिक सोचमा आखिरी
पलमा पुगि सकेका पनि छन्
कहिले रत्नपार्क,
कहिले चाबहील,
कहिले जाउलाखेल,
कहिले लगनखेल,
कहिले हनुमान ढोका,
कहिले पाटन,
कहिले सुन्दरीजेल,
कहिले भक्तपुर,
कहिले क्रितिपुर,
कहिले बनेपा,
कहिले सूर्यबिनायक
कहिले कालिमाटी,
कहिले गौशाला,
कहिले टुडिखेल,
कहिले कोटेश्वर,
थाहा छैन् कहाँ-कहाँ
भौँतारी रहेछन्.....
तर पनि
जवानीको आँगो ननिभ्दा
आकुल ब्याकुल प्यासी
ती काकाकुलहरू
चौतर्फी गिद्दे नजर डुलाएर
हेरिरहेका हुन्छन्....
र
हरेक भट्टीवाली साहुनीलाई,
सडकमा हिडेका नारीहरूलाई,
जहाँ पायो उहिँ वैचारिक बलात्कार गरिरहेका हुन्छन्...
आफ्नो हवसको शिकार
बनाउन नपाए,
हरेक भट्टीवाली,
हरेक पसलवाली,
हरेक गाउँवाली,
हरेक बजारवाली,
हरेक समाजवाली,
हरेक टोलवाली,
हरेक घरवाली
र
हरेक देशवाली
हरेक नारीलाई यहाँ
चरित्रहीन स्त्रीको उपमा
भिराई दिन्छन् र सजिल्यै
भन्छन् छि: "चरित्रहीन स्त्री"
प्रकाश पाठक "योगी"
No comments:
Post a Comment