Tuesday, 23 April 2019

गजल

"गजल" :- १

काली उनैको छाला छ राम्रो
मेरै  बुढीको   गाला  छ राम्रो
! !
मख्खै  परेको  मुर्दा   म   भेटेँ
भन्थ्यो गलामा माला  छ राम्रो
! !
भागिन्  पियारी छोडेर अन्तै
सोच्थ्यो बिरेले चाला छ राम्रो
! !
नासो छ उस्को पोते नमाग्नुस्
लानुस् बरू यो बाला छ राम्रो
! !
सोध्लान् कसैले देशको कुरानै
भन्नुस् नदी त्यो नाला  छ राम्रो

छन्द :- पाङ्फुन्च
विश्राम :- ५ अक्षरमा

"गजल" :- २

रहर लाख हुन्थ्यो, सहर मौन बस्थ्यो
तिम्रो बैँस देखेर,  जहर  मौन बस्थ्यो
! !
बिष हौ कि तिमी, कि त  सुरा नै हौ
पलाएका मनका, रहर  मौन बस्थ्यो
! !
आज भन्छु भन्दै आएँ  मनैका कुरा
तिम्रो सामु दिलको ठहर मौन बस्थ्यो
! !
लेखौ भन्थेँ गजल मनका शब्द समेटी
कहिले छन्द कहिले बहर मौन बस्थ्यो
! !
माग्ने नै काम थियो प्रेम माग्थ्यो होला
"योगी"नै भएनि हर-प्रहर मौन बस्थ्यो

नाम :- प्रकाश पाठक "योगी"
ठेगाना :- भरतपुर २३ जगतपुर
चितवन नेपाल
हाल :- दोहा कतार

Monday, 15 April 2019

गजल बहर

जहाँ जान्छु पीडा लिएरै फर्किन्छु
सधैँ आँसु  मात्रै   पिएरै  फर्किन्छु
! !
बनौं  भन्छु  ढुङ्गा सधैँ चोट खाँदा
उनी सामु  पर्दा  खिएरै  फर्किन्छु
! !
खुशी मिल्छ भन्छ्यौ यता दु:ख पर्दा
छिटो घोच  काँडा  दिएरै  फर्किन्छु
! !
धुँजा भा'छ दिल यो वचनको तिरैले
बढो कष्ट गर्दै सिएरै फर्किन्छु
! !
मरे हुन्छ भन्दै बगरमा पुरायौ
खुशी तिम्रा हेर्नै जिएरै फर्किन्छु

मुक्तक

बिन्ती प्रिय ! मलाई न्याय दिलाएर जाऊ
छ  सानो  समस्या हाम्रो  मिलाएर जाऊ
मिल्ने छ छुटकारा तिमीलाई नि मलाई नि
आऊ तिम्रै हातले जहर पिलाएर जाऊ ।

Monday, 8 April 2019

मुक्तक

फक्रिदा -फक्रिदै डालीबाटै झर्न नपरोस्
वियोगको पीडाले दुखी मन गर्न नपरोस्
बरु झुटो कसम खाइदैन पिरती लाइदैन
पछि धोका पाएर यहाँ पलपल मर्न नपरोस्  ।।

मुक्तक

अरु केही चाहिदैन मलाई, अन्तिम पलमा पानी भैदियोस्
पानी पिलाउने दयालु साथ - साथै मायाकी खानी भैदियोस्
चाहाना ठूलो  राख्दिन मैले, दैव अरु केही पनि माग्दिन
प्राण जान घिटिघिटी हुँदा पियारीको काख सिरानी भैदियोस् ।।

Sunday, 7 April 2019

मुक्तक

अरुको काँध माथि चढेर बगर तिर झर्न मन छ
असल मित्र को को छन् भनि बुझ्न मर्न मन छ
काटेको वृक्षमा पनि जब पालूवा पलाएको देख्दा
घाइते मनले पनि भन्न थाल्दै छ प्रेम गर्न मन छ ।।