जहाँ जान्छु पीडा लिएरै फर्किन्छु
सधैँ आँसु मात्रै पिएरै फर्किन्छु
! !
बनौं भन्छु ढुङ्गा सधैँ चोट खाँदा
उनी सामु पर्दा खिएरै फर्किन्छु
! !
खुशी मिल्छ भन्छ्यौ यता दु:ख पर्दा
छिटो घोच काँडा दिएरै फर्किन्छु
! !
धुँजा भा'छ दिल यो वचनको तिरैले
बढो कष्ट गर्दै सिएरै फर्किन्छु
! !
मरे हुन्छ भन्दै बगरमा पुरायौ
खुशी तिम्रा हेर्नै जिएरै फर्किन्छु
No comments:
Post a Comment