Tuesday, 23 April 2019

गजल

"गजल" :- १

काली उनैको छाला छ राम्रो
मेरै  बुढीको   गाला  छ राम्रो
! !
मख्खै  परेको  मुर्दा   म   भेटेँ
भन्थ्यो गलामा माला  छ राम्रो
! !
भागिन्  पियारी छोडेर अन्तै
सोच्थ्यो बिरेले चाला छ राम्रो
! !
नासो छ उस्को पोते नमाग्नुस्
लानुस् बरू यो बाला छ राम्रो
! !
सोध्लान् कसैले देशको कुरानै
भन्नुस् नदी त्यो नाला  छ राम्रो

छन्द :- पाङ्फुन्च
विश्राम :- ५ अक्षरमा

"गजल" :- २

रहर लाख हुन्थ्यो, सहर मौन बस्थ्यो
तिम्रो बैँस देखेर,  जहर  मौन बस्थ्यो
! !
बिष हौ कि तिमी, कि त  सुरा नै हौ
पलाएका मनका, रहर  मौन बस्थ्यो
! !
आज भन्छु भन्दै आएँ  मनैका कुरा
तिम्रो सामु दिलको ठहर मौन बस्थ्यो
! !
लेखौ भन्थेँ गजल मनका शब्द समेटी
कहिले छन्द कहिले बहर मौन बस्थ्यो
! !
माग्ने नै काम थियो प्रेम माग्थ्यो होला
"योगी"नै भएनि हर-प्रहर मौन बस्थ्यो

नाम :- प्रकाश पाठक "योगी"
ठेगाना :- भरतपुर २३ जगतपुर
चितवन नेपाल
हाल :- दोहा कतार

No comments:

Post a Comment