Monday, 30 September 2019

गजल

गजल

बाध्यतामा यस्तो कदम चाल्न नपरोस्
आफ्नै प्रेमको बोटलाई ढाल्न नपरोस्
! !
प्रेम गर्दै नगर्नुस् गरे देखि गर्नुस् यस्तो
ता'की सधैँ भरी आँसु संगाल्न नपरोस्
! !
मुटु माग्यो कसैले भनि मख्ख छन् क्वै
कामना मैले जस्तै दिल् टाल्न नपरोस्
! !
समयले घात गर्दा मुटु टाढा टाढा सर्दा
मायाले दिएको  फूल   फाल्न नपरोस्
! !
ज्योती बनेर चम्किएकी छौ तिमी सधैँ
"प्रकाशको" कमि भै दीप बाल्न नपरोस्

प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
चितवन नेपाल
हाल:- दोहा कतार

Sunday, 29 September 2019

गजल

गजल

खबर के छ सुनाउनुस् सुन्न आतुर छु
म त प्रेम वियोगमा परि चक्नाचुर छु
! !
न त खाना रुच्छ न त निद्रा नै लाग्छ
प्रिय! तिम्रो  यादले गर्दा  एकसुर  छु
! !
किचकिच गर्छौ आफ्नो औकात भूलि
मैले औकात भूलौन मात्र कति झुर छु
! !
फूल बोकेर नआउनुस् अब  कसैलेनि
धोकाबाट बच्न भनि  म निक्कै दूर छु
! !
तिमी छुरा  देखाउछौ  मलाई तर्साउन
थाहा छ छुरा हान्न म कति धुरन्धुर छु

प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
चितवन नेपाल
हाल :- दोहा कतार

Monday, 16 September 2019

मुक्तक

"मुक्तकहरू"


सार्नै मन छ भने प्रेमको विरुवा सार्दा हुन्छ म केही बोल्दिनँ
बार्नै  मन  छ  भने सम्बन्धलाई बार्दा हुन्छ म मुख खोल्दिनँ
तिम्रो सुन्दर संसारमा यदि म  तगारो बनेको छु भने प्यारी
मार्नै मन छ भने मलाई  आजै  मार्दा हुन्छ तर दुश्मनी मोल्दिनँ ।।


प्रत्येक ढुकढुकिले सधैँ भरी बोलाइरहे तिमी आउँदै आइनौ
तिमी आउने बाटोमा यि आँखा टोलाइरहे कुनै संन्देश पठाइनौ
मुर्छित भएर एक्लै ढल्दा प्रेम बियोगमा बारम्बार म जल्दा
अन्तिम पलमा नयनहरू लोलाइरहे मायाले हात मेरा समाइनौ


पहिल्यै हुन्न भन्दै लखेटि दिएको भए हुन्थ्यो बिच सफरमा छोड्नु पुर्व:
सम्झौताको  लागी भेटि  दिएको भए हुन्थ्यो एक्कासि नाता तोड्नु पुर्व:
धन दौलत चाहिन्न अन्त माया लाइन्न भन्नेको घरबार भएको देखेँ आज
बरू तिमीले घाँटी मेरो रेटिदिएको भए हुन्थ्यो अन्त सम्बन्ध जोड्नु पुर्व :

प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
चितवन नेपाल
हाल :- दोहा कतार

Friday, 13 September 2019

मुक्तक

मुक्तक

त्यो न्यानो काख छोडी  प्रवासमा आएको छु आमा
गैँती बेल्चा झ्याम्पल प्रत्येक दिन समाएको छु आमा
बाबु दशैँ कस्तो भयो भनि संदेश पठाउनु भएको रै'छ
पीरै नगर्नुस् टन्न बासी भात तताएर खाएको छु आमा ।।

सम्बन्धहरू मेरा न त वार न त पार भैदिन्छ यार
जो सहयात्री मित्र छ  उही नै गद्दार भैदिन्छ यार
तिमी विस्वास गर वा नगर आदरणीय मेरा मित्र
यहाँ प्यारकै ठूलो ब्यपार लगातार भैदिन्छ यार

प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
चितवन नेपाल
हाल :- दोहा कतार

Monday, 9 September 2019

गजल

गजल

रहर यसै सिमित रहे, सपना   सबै  टुटी गए
साख्य बने हिजो मात्र आज खुशी  लुटी गए
! !
समाएथे हात यि कसैले सँगै सफर गरौँ  भन्दै
दु:खको पीरमा पिसिदा म पलभरमै छुटी गए
! !
बल्ल-तल्ल टुक्रा मुटु जोड्ने कोशिश गर्दै थिएँ
प्रेम बियोग बज्र खस्दा जुट्न नपाई  फुटी  गए
! !
अब रुन्न भन्थेँ निष्ठूरीको यादमा सधैँ एकान्तमा
अतित भुल्न खोज्दा यादहरुले मलाई  चुटी गए
! !
थिए  दिलमा बसेका कोही  खास मित्रहरू धेरै
खुशी लुटी   दु:खको घानमा  मिसाई  भुटी गए

प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
चितवन नेपाल
हाल :- दोहा कतार

Sunday, 8 September 2019

मुक्तक

मुक्तक


न त कहिल्यै झर्कि बसेँ तिमी रुष्ठ हुँदा पनि
न त म उता फर्कि बसेँ आँसुले गह धुँदा पनि
समाजमा निक्कै गनायौ खुब उत्सव मनायौ
बरु म नै सुनपानी छर्कि बसेँ तिमीले छुँदा पनि ।।

भयो पुग्यो निष्ठूरी अब  पुर्णिमाको रात चाहिदैन
मनलाई तनाव दिने प्रेम पत्रहरुको खात चाहिदैन
म प्रेम वियोगमा यदि कतै ढले भने वास्ता  नगर्नु
बरू मर्न तयार छु तर फूल बोकेको हात चाहिदैन ।।

प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
चितवन नेपाल
हाल :- दोहा कतार

Saturday, 7 September 2019

मुक्तक

मुक्तक

स्वर्णिम सपनाहरू बोकेर  परदेश  हिडेकाहुन्छन् बटुवाहरू
उनै परदेशीको सधैँ बाटो कुरी बसेकाहुन्छन् आमा वुबाहरू
केही खुशीहरुलाई संगालेर मातृभूमीको मायालाई अंगालेर
विदेशबाट स्वदेश जाँदा  यर्पोटमै लुट्न खोज्छन् भतुवाहरू ।।

प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
चितवन नेपाल
हाल :- दोहा कतार

मुक्तकहरू

मुक्तक

न त हिरामोती न त सुन माग्यौ, ठीकै गर्यौ भनि बसेँ
न त सगरका तारा जुन माग्यौ, सधैँ खुशी बनि बसेँ
आखिर साइनो अन्तै जोड्नु रै'छ, मेरो मुटु फोड्नु रै'छ
र त बलिदान भन्दै खुन माग्यौ, गर्धन झुकाई म नि बसेँ ।।

छुरा बोकी भेट्न आयौ, हाँसी-हाँसी स्वागत गरेकै छु
यता नाता मेट्न आयौ, हुन्न हुन्न भन्दै पर  पर सरेकै छु
पाए पछि अन्त कोही किन बस्थ्यौ यो दुखिको घरमा रोई
मेरो गर्धन रेट्न आयौ, र पनि ओठमा हाँसो म भरेकै छु ।।

प्रकाश पाठक "योगी''
भरतपुर २३ जगतपुर
चितवन नेपाल
हाल :- दोहा कतार