गजल
कति नाच्छस "ए" जिन्दगी मदानी बनेर
एक दिन त जानु नै पर्ने छ खरानी बनेर
!!
एक्लिएको महसुस हुन्छ बुढ्यौलिले छुँदा
ए समय फेरि आइज रंगिन जवानी बनेर
!!
कुनै पल मुटुको ढुकढुकी हुने गर्थ्यो माया
आज त्यही माया बग्दैछ आँखामा पानी बनेर
!!
यो देह हाँसीहाँसी जल्ने छ चितामा प्रिय्
तिमीले ल्याएकै मुडा बसोस सिरानी बनेर
!!
आफ्नै मातृभूमिमा विलीन हुने छ इच्छा
गल्ती होला भन्ने डर भयो राहदानी बनेर
प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
चितवन नेपाल
हाल :- दोहा कतार