Friday, 6 October 2023

गजल

जब  आफ्नो  मान्छेले  घात गर्‍यो
तब  आँखाले अधिक बर्षात गर्‍यो
!!
मुस्कुराउँदै ती अधर मौन भए पछि
नयनले नयन  सङ्ग खुब बात गर्‍यो
!!
बर्षौ लाग्छ सम्बन्ध जोगाउन यहाँ
कोहि छुट्ने निर्णय रातारात गर्‍यो
!!
बियोगको कथा लेखेर मेरो भाग्यमा
दैवले पनि यसै  बेला बज्रपात गर्‍यो
!!
दिल  भित्र चोटै चोटको खानी देखेर
फेरि आँखाले आँसुको आयात गर्‍यो ।

प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
चितवन नेपाल








Prakash Pathak
Chitwan Nepal
mobile no :- 9804660833

Tuesday, 3 October 2023

गजल 

हृदय भित्र  ज्वाँला  , आँखामा सागर राखेर 
ए मुसाफिर नजाउन  आगो सङ्गै खर राखेर
!!
फूलको हिफाजत कसरी गर्छौ ए माली दाइ
सधै मन मस्तिष्कमा अनावश्यक डर राखेर 
!!
यी ओठहरु  अब कहिल्यै मुस्कुराउने छैनन् 
बाँच्नु परेको छ  सधै  बन्धकीमा रहर राखेर 
!!
अरु कै खुशीमा  रमाउँछन्  कैयौं   फूलहरु
आफ्नो  मुटुमाथी  बारम्बार   पत्थर  राखेर
!!
प्रश्नमा चिठी सङ्गै गुलाब राखेर पठाएँ उनिलाई 
छिट्टै उत्तर आयो मलाई  चिठीसङ्गै जहर राखेर ।।


प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
चितवन नेपाल 

Monday, 2 October 2023

गजल

क - कस्ले  हुन्न भन्छ समय आए पछि
थोपा सागर भै वहन्छ समय आए पछि
!!
बेकामे  भन्दै  मिल्काए  मलाई  बगरमा
बेकामे ढुङ्गा मुर्ति बन्छ समय आए पछि
!!
चप्पलमा छस  जुत्ता किन्ने हैसियत बना
दुनियाँले तँलाईनि गन्छ समय आए पछि
!!
सभामा बस्न दिएनन् फाटेको सारी देख्दा
आमाको सारी फेर्न मन छ समय आए पछि
!!
उसले छोड्यो भनि  कत्ति दु:खी नभै  मन
दु:खमा तलाई सम्झन्छ समय आए पछि
!!
"योगी" मरेको कुरा अखबारमा छाप्नुहोस
सत्रुकोनि  मुटु धड्कन्छ समय आए पछि

प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
चितवन नेपाल
हाल :- दोहा कतार

गजल

सबैले  तिमीलाई  बहुत  प्यार   गर्ने  छन्
चिता  माथि  लेटाएर   शृङ्गार   गर्ने   छन्
!!
गरूँ कसको पो विश्वास दोधारमा छ मन मेरो
यहाँ   घाउ   कोट्याइ  यो, उपचार  गर्ने  छन्
!!
अजिबका कलाकार रहेछन् यी दुस्मन पनि
कतै  मन्द  हाँसेर   कतै    वार   गर्ने   छन्
!!
गजबका  भेटाएँ   मैले  मायालु  जोडी क्यै
नदीमा  घचेट्दै   फेरि    उद्धार   गर्ने   छन्
!!
तिमी  आस राख्छौ  हर समय मित्र सम्झेर
बिना स्वार्थ कस्ले  तिम्रो उपकार  गर्ने छन्  ?

बहर :- तबील मुसम्मन सालीम
अर्कान :- १२२-१२२२/१२२-१२२२
काफीया बन्धन :- आर
रदीफ :- गर्ने छन्






के के हुन्छ हुन्छ हे  मेरी मुना म के भनौँ
खुल्न सक्छन् चोलीका तुना म के भनौँ
!!
यो मनलाई बाँधेर म नबसेको  कहाँ होर
त्यो रुपको चलायौ जादु टुना  म के भनौँ
!!
हुन्न भन्दा  भन्दै  चुम्यौ   गुलाबी  अधरले
हेर दुख्दैछ मुटुको छेउ  कुना  म के भनौँ
!!
यत्ति भन्दछु बुझ तिमी आफैले मेरी  प्रिय्
यो दिल त्यो दिल भित्र छ थुना म के भनौँ
!!
तिम्रो एक्कै नजरले  घाइते भएको दिल यो
दिनमा भन्दा रातमा दुख्छ चौगुना म के भनौं 

गजल

गजल 


हरेक फूलहरुको वरिपरि घुम्ने काम तिमीले नै गर्छौ 
अनि फेरि ए भमरा फूलको बदनाम तिमीले नै गर्छौ
!!
ओहो ! अजीवका कलाकार रहेछौ ए निस्ठुरी मान्छे 
फकाइ भिरमा लगेर घचेट्दै रामराम तिमीले नै गर्छौ
!!
म त पत्थरलाई पत्थर नै हो भनेर सत्य बोल्ने मान्छे 
बरु पत्थरलाई  द्यौता भन्दै छलछाम तिमीले नै गर्छौ
!!
हरपल हरक्षण तिमीलाई नै  सम्झिरहन्छु  ए निस्ठुरी
यहाँ  कहिले  पानी त  कहिले   घाम तिमीले नै गर्छौ 
!! 
को हो, कस्तो छ भनी उस्को अलिकति ख्याल नगरी 
रत्नपार्क भेटेँ भन्दैमा मुल्य अनि दाम तिमीले नै गर्छौ 

प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
चितवन नेपाल
हाल:- दोहा कतार