Tuesday, 27 February 2018

मुक्तक

"मुक्तक"

ईसारामा छिन्-छिन् चुरा बजाउने होईन
पाउडर दलेर मुहार सबै सजाउने होईन
यसै राम्री छौ तिमी सोह्र श्रृंगार चाहिदैन
लाली अधर  त्यो  चुम्दा  लजाउने होईन

Monday, 19 February 2018

मुतकारिब

बहर:- मुतकारिब
सुत्र :- १२२×४

"गजल"

बिनाअर्थ चर्को करायौ पियारी
रिसाएर  पारो   ततायौ पियारी
!!
हुदै हैन गल्ती कुरा खै बुझेको
नराम्रो यो मुद्दा उठायौ पियारी
!!
पठाएँ चिठी ती पढिनौ कहिल्यै
जुटाएर सबै    जलायौ  पियारी
!!
थिए लाख शत्रु कुरौटे  भएका
झनै खास बात सुनायौ पियारी
!!
थियो वृक्ष प्यार फलेको फुलेको
जहर त्यो पिलाई सुकायौ पियारी

प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
हाल :- चेन्नई भारत

Friday, 16 February 2018

मुतकारिब

मुतकारिब अभ्यास

कसोरी म हाँसू झरेको छ  आँसु
हिया चस्किएर खसेको छ आँसु
!!
तिमी निष्ठुरी हौ गयौ छोडि टाढा
सियो झै हियामा दबेको छ आँसु
!!
बुझेनन्  कसैले  यहाँ  मर्म  उस्को
कथा आज आफ्नै कहेको छ आँसु
!!
सहारा कहाँ  गै लिने  हो त्यो यात्री
झनै दु:ख  पर्दा  बगेको   छ आँसु
!!
कहाँ हुन्छ चोखो माया भन्नु कोही
यहाँ  प्रश्न  गर्न   उठेको  छ   आँसु

प्रकाश पाठक "योगी''
भरतपुर २३ जगतपुर
हाल :- चेन्नई भारत

मुतकारिब

"गजल"

थियो लाख खुशी घटाई लगेछ
पियारी   कसैले  भगाई  लगेछ
!!
मलाई छ गाह्रो बुझाउन यो मन
यताको खुशी त्यो उठाई लगेछ
!!
सजाएछु मैले हियामा प्रियालाई
टपक्कै   कसैले   चुडाई   लगेछ
!!
धरामा हजारौं थिए पुष्प  फुल्दै
यहाँ मुर्ख  वृक्ष    सुकाई  लगेछ
!!
सगाँले त्यो माया जतनले सधै नै
चतुरले   फकाई   फुलाई  लगेछ

प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
हाल :- चेन्नई भारत

स्वतन्त्र गजल

"गजल"

मेरो यो मनमा अनेकौं छन् रहर कस्लाई भनौँ
पुरा हुन्छन् कि पसे पछि शहर कस्लाई भनौँ

तिम्रो यादमा पलपल मरीरहेको मान्छे हुँ म
मार्न भनि पिलाउछौ कि जहर कस्लाई भनौँ

निष्ठुरी बनि चढ्यौं डोली,भनि गयौं रमाउनु
तिम्रै यादमा तड्पिन्छु हर प्रहर कस्लाई भनौँ

याद सधै आइरहदा कुटुकुटु  मुटु खाईरहदा
पागल हुने दिमागले गर्छ ठहर कस्लाई भनौँ

बेइमानीले उजाडेर गई मायाको बस्ती हाम्रो
देखे 'ऊ' मायाको चल्छ लहर कस्लाई भनौँ

        -     प्रकाश पाठक "योगी"
       -   ना. न. पा :- १० जगतपुर
        -   चितवन
        - हाल:- चेन्नई भारत

Thursday, 15 February 2018

गजल

बहर :- मुतकारिब
सूत्र :- १२२×४

दियौ चोट कस्तो सतायो मलाई
त्यही घाउ घाँटी  समायो मलाई
!!
निदाउन खोज्दा हिया दुख्छ मेरो
प्रियाको  झझल्को रुवायो मलाई
!!
म ज्यानै दिउँला तिमी माग कै'ले
रह्यो के यहाँ  लौ  डुबायो मलाई
!!
थिएँ पुष्प जस्तै फलेको फुलेको
जहर त्यो खनाई सुकायो मलाई
!!
थिए वीर गोर्खे  ती बाजे बराजू
यहाँ प्यारले लौ झुकायो मलाई

प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
हाल :- चेन्नई भारत

Tuesday, 6 February 2018

कविता

कविता :- ती जिउँदा लाशहरू

ढुङ्गा हो वा मनुष्य,
मनुष्य हो वा मूर्ति..?
मुर्छित छन् कुनै चहल-पहल छैन्
अचेत भैँ निर्जीव वस्तु झैँ
कुनै विवेक छैन, चेतना छैन
आखिर मानव भएर पनि
मानवीय व्यवहार छैन्
हेर्नुस् ती जिउँदा लाशहरू.....

छिमेकी आएर वल्लो घरको
आँगन खन्दा पल्लो घर रमाएर रमीता हेरी रहन्छन् उनिहरू साह्रै
प्रफुल्लित देखिन्छन् अनुहारमा
चमक देखिन्छ मनमा खुशी
छाएको छ नाचूँ नाचूँ भएको छ
तर पनि मुहारमा मलिनता देखाई
वनावटी बोली बोलिरहेका  हुन्छन्

उपरखुट्टी लगाएर मध्याह्नको
त्यो पारिलो घाममा, तापको
स्वाद चाख्दै अजिङ्गरले झैँ मुख फुलाएर आहाराको प्रतिक्षामा
बसेका भ्यागुतेहरूका आँखा
अझै खुलेका छैनन्
सुन्दैनन् आमाको चित्कार,
छोरी, चेलीको गुहार,
कानमा तेल हालेर,औंला छिराएर,
वनको लाखुँले सानो वृक्षको पोथ्रालाई हल्लाएर आनन्दित
भए झैँ आनन्दित भईरहेछन्
ती जिउँदा लाशहरू.....

मातृआमाको
"मासु" लुछ्न तमतयार
ती ब्वासाहरू र्याल तप-तप चुहाएर
भुँणी फुलाएर
गगनबाट गिद्दे नगर लगाईं रहेछन्
"राजनीति" नामक अस्त्रको प्रहार
गर्दै मातृआमाको छातीमा ठोकी रहेछन् वेपरवाह भूँईमा लढाउने
कोशिश जारी रहेको छ
"आहार"को बास्ना पाए पछि
अचेत भएका ती जिउँदा लाशहरूमा
हलचल भएको छ, आँखा बिस्तारै खुलेको छ, "राजस्व" नामक "आहार" बसाएको छ
उठ्ने बेला भयो, आँखा खोल्ने बेला भयो, खाने बेला भयो, नित्यकर्म  छोड्छन् तर खान छोड्दैनन्
ती जिउँदा लाशहरू.....

छिमेकी आएर बलात्कार गर्दै छ
लिँपु लेखलाई,
दश गजालाई,
टिस्टालाई,
सुस्तालाई,
खुल्लमखुल्ला लुटेकाछन्,
निर्मम कुटेकाछन्,
आफ्नै आमाको यो हालत
देख्दा पनि चुपचाप
हेरिरहेछन् ती जिउँदा लाशहरू....

नेपाल देशलाई शिरमा बोकी
दौडाउन हिडेका ती नाथेहरू,
गाउँ बस्तीलाई अध्यारोबाट
उज्यालो तर्फ लैजान्छु भन्ने
नाथेहरू,हरेका गाउँ गाउँमा
विकासको बिगुल फुक्छु भन्ने
नाथेहरू, बेरोजगार युवाहरूलाई
रोजगार दिलाउँछु भन्ने नाथेहरू
मातृआमाको इज्जत हरण गरेर,
छिमेकीसँग मातृआमाको सौदा
गर्न तम्सिएकाछन्! आलिसान
महलमा बसेर आफ्नै श्रीमतीलाई
सुमसुमाएर बस्दै जिन्दगी विताईरहेछन् ती जिउँदा लाशहरू
ती जिउँदा लाशहरू....... ।।।

प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
हाल :- चेन्नई भारत

मुक्तक

"मुक्तक"


कवि महसूस गर्छ पीडा गरीबको महलमा बसेर
रवि पारीलो घाम दिए भन्छ त्यो बादलमा बसेर
आ-आफ्नो रवाफ रहेछ म बुझौ कसरी अचानक
छवी तालको गिज्याउँछ मलाई नै जलमा बसेर....

प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
हाल :- चेन्नई भारत

मुक्तक

"मुक्तक"

न  त हार भयो न  त जित भयो जिन्दगी
न  त  कोइलीको  झै गीत भयो जिन्दगी
दु:ख र सुखलाई  अँगालेर एक्लै हिड्दा
कै'ले हाँस्ने कहिले रुने रीत भयो जिन्दगी

प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
हाल :- चेन्नई भारत