"गजल"
थियो लाख खुशी घटाई लगेछ
पियारी कसैले भगाई लगेछ
!!
मलाई छ गाह्रो बुझाउन यो मन
यताको खुशी त्यो उठाई लगेछ
!!
सजाएछु मैले हियामा प्रियालाई
टपक्कै कसैले चुडाई लगेछ
!!
धरामा हजारौं थिए पुष्प फुल्दै
यहाँ मुर्ख वृक्ष सुकाई लगेछ
!!
सगाँले त्यो माया जतनले सधै नै
चतुरले फकाई फुलाई लगेछ
प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
हाल :- चेन्नई भारत
No comments:
Post a Comment