बहर:- मुतकारिब
सुत्र :- १२२×४
"गजल"
बिनाअर्थ चर्को करायौ पियारी
रिसाएर पारो ततायौ पियारी
!!
हुदै हैन गल्ती कुरा खै बुझेको
नराम्रो यो मुद्दा उठायौ पियारी
!!
पठाएँ चिठी ती पढिनौ कहिल्यै
जुटाएर सबै जलायौ पियारी
!!
थिए लाख शत्रु कुरौटे भएका
झनै खास बात सुनायौ पियारी
!!
थियो वृक्ष प्यार फलेको फुलेको
जहर त्यो पिलाई सुकायौ पियारी
प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
हाल :- चेन्नई भारत
No comments:
Post a Comment