बहर :- मुतकारिब
सूत्र :- १२२×४
दियौ चोट कस्तो सतायो मलाई
त्यही घाउ घाँटी समायो मलाई
!!
निदाउन खोज्दा हिया दुख्छ मेरो
प्रियाको झझल्को रुवायो मलाई
!!
म ज्यानै दिउँला तिमी माग कै'ले
रह्यो के यहाँ लौ डुबायो मलाई
!!
थिएँ पुष्प जस्तै फलेको फुलेको
जहर त्यो खनाई सुकायो मलाई
!!
थिए वीर गोर्खे ती बाजे बराजू
यहाँ प्यारले लौ झुकायो मलाई
प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
हाल :- चेन्नई भारत
No comments:
Post a Comment