कविता :- ती जिउँदा लाशहरू
ढुङ्गा हो वा मनुष्य,
मनुष्य हो वा मूर्ति..?
मुर्छित छन् कुनै चहल-पहल छैन्
अचेत भैँ निर्जीव वस्तु झैँ
कुनै विवेक छैन, चेतना छैन
आखिर मानव भएर पनि
मानवीय व्यवहार छैन्
हेर्नुस् ती जिउँदा लाशहरू.....
छिमेकी आएर वल्लो घरको
आँगन खन्दा पल्लो घर रमाएर रमीता हेरी रहन्छन् उनिहरू साह्रै
प्रफुल्लित देखिन्छन् अनुहारमा
चमक देखिन्छ मनमा खुशी
छाएको छ नाचूँ नाचूँ भएको छ
तर पनि मुहारमा मलिनता देखाई
वनावटी बोली बोलिरहेका हुन्छन्
उपरखुट्टी लगाएर मध्याह्नको
त्यो पारिलो घाममा, तापको
स्वाद चाख्दै अजिङ्गरले झैँ मुख फुलाएर आहाराको प्रतिक्षामा
बसेका भ्यागुतेहरूका आँखा
अझै खुलेका छैनन्
सुन्दैनन् आमाको चित्कार,
छोरी, चेलीको गुहार,
कानमा तेल हालेर,औंला छिराएर,
वनको लाखुँले सानो वृक्षको पोथ्रालाई हल्लाएर आनन्दित
भए झैँ आनन्दित भईरहेछन्
ती जिउँदा लाशहरू.....
मातृआमाको
"मासु" लुछ्न तमतयार
ती ब्वासाहरू र्याल तप-तप चुहाएर
भुँणी फुलाएर
गगनबाट गिद्दे नगर लगाईं रहेछन्
"राजनीति" नामक अस्त्रको प्रहार
गर्दै मातृआमाको छातीमा ठोकी रहेछन् वेपरवाह भूँईमा लढाउने
कोशिश जारी रहेको छ
"आहार"को बास्ना पाए पछि
अचेत भएका ती जिउँदा लाशहरूमा
हलचल भएको छ, आँखा बिस्तारै खुलेको छ, "राजस्व" नामक "आहार" बसाएको छ
उठ्ने बेला भयो, आँखा खोल्ने बेला भयो, खाने बेला भयो, नित्यकर्म छोड्छन् तर खान छोड्दैनन्
ती जिउँदा लाशहरू.....
छिमेकी आएर बलात्कार गर्दै छ
लिँपु लेखलाई,
दश गजालाई,
टिस्टालाई,
सुस्तालाई,
खुल्लमखुल्ला लुटेकाछन्,
निर्मम कुटेकाछन्,
आफ्नै आमाको यो हालत
देख्दा पनि चुपचाप
हेरिरहेछन् ती जिउँदा लाशहरू....
नेपाल देशलाई शिरमा बोकी
दौडाउन हिडेका ती नाथेहरू,
गाउँ बस्तीलाई अध्यारोबाट
उज्यालो तर्फ लैजान्छु भन्ने
नाथेहरू,हरेका गाउँ गाउँमा
विकासको बिगुल फुक्छु भन्ने
नाथेहरू, बेरोजगार युवाहरूलाई
रोजगार दिलाउँछु भन्ने नाथेहरू
मातृआमाको इज्जत हरण गरेर,
छिमेकीसँग मातृआमाको सौदा
गर्न तम्सिएकाछन्! आलिसान
महलमा बसेर आफ्नै श्रीमतीलाई
सुमसुमाएर बस्दै जिन्दगी विताईरहेछन् ती जिउँदा लाशहरू
ती जिउँदा लाशहरू....... ।।।
प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
हाल :- चेन्नई भारत
No comments:
Post a Comment