Wednesday, 22 May 2019

मुक्तकहरू

मुक्तक – १

नभन्नुस् कसैले यो पागल त्यसै रन्किएको छ
विचार नै नगरी आफ्नै कुरामा सन्किएको छ
म यसै कराएको होइन न्याय हरायो भनेर महोदय
बर्षौ बित्दा नि चेलीको पीडा अदालतमा थन्किएको छ ।

मुक्तक – २

बारम्बार न्याय नपाएर ठक्कर खानै पर्ने हो त
भनिदिनुहोस् कसैले काशीतिर जानै पर्ने हो त
विश्वास नलागेर स-प्रमाण पेश गर्ने आदेश दिन्छौ
निर्वस्त्र चेलीको लाश बोकी अदालत जानै पर्ने हो त ?

मुक्तक – ३

जब आफ्नै कथा हुन्थ्यो तब छानबिन गराउँथ्यौ सरकार
दिनहूँ ठाडो आदेशमा भएभरकालाई कराउँथ्यौ सरकार
ति चेली को हुन् र तिम्रो ? आखिर वास्ता गर्नको लागी
निर्मलाको ठाउँ तिम्री छोरी भए आँसुले आँखा भराउँथ्यौ सरकार ?

मुक्तक – ४

शब्दको प्रहारले वैचारिक द्वन्द्व गराउन छोड्दैन
अन्यायको बिरुद्ध न्यायको झण्डा फर्फराउन छोड्दैन
सक्छौ अहिले नै गोली ठोकी दिनु बरू आनन्द मिल्ने छ
होइन भने अन्यायको बिरुद्धमा “योगी” कराउन छोड्दैन ।

मुक्तक -५

अनेकौं रहर छन् हियोमा लुकेका
जस्तै छन् पुतली दियोमा लुकेका
सहयात्री बन्ने कसरी उदाहरण हेरौं
प्रगाढ प्रेम छ धागो सियोमा लुकेका ।

प्रकाश पाठक “योगी”
भरतपुर -२३ जगतपुर
चितवन नेपाल
हाल : दोहा कतार

Tuesday, 21 May 2019

मुक्तक

मुक्तक

मनभरीको चोट, आँखाको आँसु लुकाएकै थिएँ
आँसुले रूझेको गहलाई जेनतेन सुकाएकै थिएँ
तिमीले सधैँ मलाई दोष दिनुपूर्व किन सोचिनौ . ?
जे जे गर्न मन छ गर भन्दै गर्धन झुकाएकै थिएँ ।।

प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
चितवन नेपाल
हाल :- दोहा कतार

मुक्तक

मुक्तक :- २

गरीबमाथी झन् अत्याचार कति हो सरकार
लाचारी  देखियो बारम्बार कति हो सरकार
दुनियाँले गिज्याएको छ न्याय निदाएको छ
हत्या,हिंसा अनि बलात्कार कति हो सरकार  ?

प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
चितवन नेपाल
हाल :- दोहा कतार

Wednesday, 8 May 2019

मुक्तक

"मुक्तक"

धिक्कार छ भनि   जिन्दगी  सम्झिएर रुन पर्दैन
आँसुको धाराले  कहिल्यै   पनि 'गह'  धुन पर्दैन
आफ्नै सन्तानको  निर्वस्त्र   लाश   हेर्नु  भन्दा त
छोरीले भनिन् बा बिष दिनुस् बलाकृत हुन पर्दैन ।।

प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
चितवन नेपाल
हाल :- दोहा कतार

Sunday, 5 May 2019

गजल

स्वतंत्र गजल

झरेछ फूल कोपीलामै, मनै खिन्न भो
तिमी बिनाको दुनियाँ,  यहाँ भिन्न भो
!!
टुट्यो सम्बन्ध,छुट्यो खै साथ कसरी
छायो आँखामा अध्यारो,कानै टिन्न भो
!!
सदैव लागेको छ चोट मनमा हजारौ
न माग घायल मुटु कसैलाई दिन्न भो
!!
उपहार तिमीलाई दिन्छु भन्थ्यौ तिमीले
दियौ चोट यो भए पुग्छ अरू लिन्न भो
!!
न बिर्सनु भनेर गयौ,पराईकै बनेर गयौ
ढुक्क हुनु पापीनी कहिल्यै बिर्सिन्न भो

प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
हाल :- चेन्नई भारत
आवाज :- चोमु शेर्पा खुशी

गजल

कहाँ गएर खोजौँ अब मैले न्याय हराएको छ
आफ्नै पिताले पुत्रिलाई निर्वस्त्र गराएको छ
! !
पागलको उपनाम दिन्छन् चुप लाग्न भने,
निर्मलालाई न्याय दिन्छु भन्दै मित्र कराएको छ
! !
छोरी पाएर खुशी नदेख्दा प्रश्न गरेँ मैले
श्रीमतिले भनिन् कसरी जोगाउने मन डराएको छ
! !
जो आफ्नो थियो ऊ अर्कैको नासो बनिसक्यो
किन होला फेरी पनि यो आँखा फर्फराएको छ
! !
कसैले सोध्लान् खबर कस्तो छ भनि "योगीको"
भने हुन्छ पानी पिलाउन जानुस बोली लर्बराएको

आमा

[ मातातीर्थ औंसीको सबैलाई शुभकामना ]

" मुक्तक "   { आमा  }

सधैँभरि आमा भन्दै  त्यो  काखमा रुँन पाऊँ आमा
शिर झुकाएर कोमल पाउ  हजुरैको छुन पाऊँ आमा
चाहाना ठूलो राख्दिनँ म अरू केही पनि माग्दिन म
जुनी जुनी सयौं जुनी हजुरकै सन्तान हुन पाऊँ आमा

नाम :- प्रकाश पाठक "योगी"
ठेगाना :- भरतपुर २३ जगतपुर
चितवन नेपाल
हाल :- दोहा कतार

Wednesday, 1 May 2019

स्वतन्त्रत

कहाँ गएर खोजौँ अब मैले न्याय हराएको छ
आफ्नै पिताले पुत्रिलाई निर्वस्त्र गराएको छ
! !
पागलको उपनाम दिन्छन् चुप लाग्न भने,
निर्मलालाई न्याय दिन्छु भन्दै मित्र कराएको छ
! !
छोरी पाएर खुशी नदेख्दा प्रश्न गरेँ मैले
श्रीमतिले भनिन् कसरी जोगाउने मन डराएको छ
! !
जो आफ्नो थियो ऊ अर्कैको नासो बनिसक्यो
किन होला फेरी पनि यो आँखा फर्फराएको छ
! !
कसैले सोध्लान् खबर कस्तो छ भनि "योगीको"
भने हुन्छ पानी पिलाउन जानुस बोली लर्बराएको छ