[ मातातीर्थ औंसीको सबैलाई शुभकामना ]
" मुक्तक " { आमा }
सधैँभरि आमा भन्दै त्यो काखमा रुँन पाऊँ आमा
शिर झुकाएर कोमल पाउ हजुरैको छुन पाऊँ आमा
चाहाना ठूलो राख्दिनँ म अरू केही पनि माग्दिन म
जुनी जुनी सयौं जुनी हजुरकै सन्तान हुन पाऊँ आमा
नाम :- प्रकाश पाठक "योगी"
ठेगाना :- भरतपुर २३ जगतपुर
चितवन नेपाल
हाल :- दोहा कतार
No comments:
Post a Comment