Friday, 17 September 2021

स्वतंत्र

हुरी बतास चल्छ भन्ने थाहै भएन
व्यर्थै  मन जल्छ भन्ने  थाहै भएन
! ! 
हात समाई सँग सँगै हिड्न सिकाई
कोही बाटो बदल्छ भन्ने थाहै भएन
! !
दुनियाँको ओठमा हाँसो  भर्नलाई
दीप सकिन बल्छ भन्ने थाहै भएन
! ! 
रमाएँ रवि सँगै म हरेक  प्रभातमा 
गोधुली सँग ढल्छ भन्ने थाहै भएन
! ! 
टुक्रिने थिएन दिल  यति छिट्टै मेरो
मुस्कानमा छल छ भन्ने थाहै भएन
! ! 
आँसु दिइ जाने रहर हैन प्रिया मेरो
जिन्दगी ढलपल छ भन्ने थहै भएन

Thursday, 16 September 2021

स्वतंत्र

मेरो पनि त  घाँटीको यो पासो रहन्न
तिमी दूर  जान्छौ जाउ गुनासो रहन्न
! ! 
गुलाफ सँगै हाँस्ने  ती पुतलीहरूको
चमेली र  प्याउली  सँग  चासो रहन्न
! ! 
गुनासो गर्नू भन्दा खेत  बाँझो राख्नु
तब पो त पराल रहन्न  हतासो  रहन्न
! !
आउँछौ भन्ने आशमा प्यासी छ ओठ  
अधरमा चुमिदिनु  मन   प्यासो रहन्न
! !
परिचय सोध्यौ'योगी' हो जान्दा जान्दै
बिचरा उस्को दुनियाँ रहन्न बासो रहन्न

Wednesday, 15 September 2021

बहर


कतै सम्झिए'कि दुखेको छ छाती
नयनबाट आँसु   झरेको  छ  राती
! ! 
गुनासो रह्यो के तिमी जान्छु भन्दा
कहाँ बस्न मान्थ्यो दियो सँग बाती
! ! 
भन्यो जो कसैले पितालाई भगवान् 
उही  पुज्छ  पत्थर  टिपी फूल पाती
! ! 
दुखाएर दिल  यो सताएछ जस्ले
उसैले   जगतलाई  भन्दैछ  घाती
! ! 
हुने हो  कि  दुश्मन  कतै  प्यार मेरो
गुलाफ दिन्छु भन्दा परेको छ 'जाती'

बहर

गजल 



लाग्दैछ झन् कसैलाई प्यारमा  कमी भो
सोचेँ यहाँ  म एक्लै  उपहारमा कमी भो
! ! 
प्यारी हिडेँ म मुग्लान बाटो नछेक बिन्ति
ठूलो  रहेछ  दौलत   घरबारमा  कमी भो
! !
खुट्टा छुनेले गालामा म्वाइँ खाई जाँदा
बा'ले भने बुहारी संस्कारमा कमी  भो
! ! 
सोध्यौ पठाउँ के मायाको चिनो पियारा? 
प्यारी मलाई चुम्बन संसारमा  कमी भो
! ! 
फेर्दै  छ  रङ्ग  मान्छे  पाईला  पाईलामा 
द्यौताको हेर  झन्  अवतारमा कमी भो

बहर :- मुजारे मुसम्मन अखरब
अर्कान :- २२१-२१२२-२२१-२१२२
© प्रकाश पाठक "योगी"

Sunday, 12 September 2021

बहर





गजल

बहर :- मुतकारिब मुसम्मन सालिम 
रुक्न :- १२२-१२२-१२२-१२२
बन्धन :- 'अन'
रदीफ़ :- रहेछ


बिना अर्थ दुख्ने  यही मन रहेछ
मरी जान बाँच्ने यो जीवन रहेछ
! ! 
तिमी जल्न देऊ दीपकलाई प्यारी 
जीवन भन्नु आखिर समापन रहेछ
! ! 
खुसी भेट्छु भन्दै हिडेँ खोज्नलाई 
खुसी हेर्छु आफ्नै यो आगन रहेछ
! ! 
उही निष्ठुरीलाई सम्झिन्छ यो मन 
नछुट्ने  भनेको   त  बन्धन रहेछ
! !
रुवायो   कसैले   हँसायो    कसैले 
म सोच्दैछु जीवन'नि मञ्चन रहेछ

प्रकाश पाठक "योगी"
चितवन नेपाल

Friday, 10 September 2021

बहर





अनौठो  नशाको  रहरमा पुर्‍यायौ
खुशी मेरो लुट्दै, डहरमा पुर्‍यायौ
! ! 
गर्यौ प्यार कस्तो यता  न  उताको
म जिउनै नसक्ने कहरमा पुर्‍यायौ
! ! 
कतै  छैन  मोह  जो  भन्थ्यो उसैले
बिकाउन जवानी सहरमा  पुर्‍यायौ
! !
बुझ्यो के कसैले यो प्यारको महत्व 
अमर प्रेम  हाम्रो  नहरमा  पुर्‍यायौ
! !
न सागर पुगेँ  म  न यात्रा सफल भो 
थिएँ शान्त ताल झैँ लहरमा पुर्‍यायौ

Sunday, 5 September 2021

बहर

सधैँ आँसुको मात्र बग्दा नहर यो
कहाँ रै'छ भाग्य छ भेट्ने रहर यो
! ! 
तिमीलाई दिलमा सजाएर राख्दा
छ भन्दै छ पागल मलाई सहर यो
! ! 
 जलनले खुसी रोएको देख्छु उता
यता दु:ख हाँस्दैछ कस्तो कहर यो 
! !
तिमीलाई दिल भित्र राखेँ भने'नि
न हाँस्ने न बोल्ने  कस्तो ठहर यो
! ! 
रिसाए'नि के  भो  पठाएँ चिठी झन् 
गरूँ के चलेको छ प्यारको लहर यो
! ! 
सधैँ यादमा मन जलाउनु भन्दा 
पिलाएर जाऊ प्रियाले जहर यो
! ! 
दिँदै दिन्न जाऊँ भन्यौ झन् धपायौ 
मगन्ते हुँ मागेँ म प्यार हर प्रहर यो

Saturday, 4 September 2021

गजल

गजल



दुख्ने  चाहना  राख्दा अचानाहरूले
मद्दत गरे दुख्न आँसुका दानाहरूले
! ! 
यति सजिलै रसाउने थिएनन् आँखा
खुलाउँछन् कुण्ठा तिम्रा ठेगानाहरूले
! ! 
केही तीता र केही मीठा छन् सम्बन्ध 
कतै छुटिने कतै भेटिने  बहानाहरूले
! ! 
एकोहोरो परदेशले जिस्काउँछन् आमा
बेचिए  छोरो मुहार फेर्लान् छानाहरूले
! ! 
दुई शब्द सुनाइ देऊ सायर मलम बन्नेछ
घाउ लगाए पुन: यादका खजानाहरूले

गजल

रुँने  चाह  राख्यो  नजरले  अचानक
खबर सोध्छ हाँस्छ अधरले अचानक
! ! 
हिड्यो  पाउ टाढा खुसी खोज्नलाई
अचेल आँसु झार्छ सफरले अचानक
! ! 
नदी  साथ  छोडी गयो  भेट्न सागर
अझैँ आश  राख्छ  बगरले अचानक
! ! 
जहाँ दिल  खरानी   बनाएर  आएँ
त्यही जल्छु भन्छ रहरले अचानक
! ! 
कथा भन्छु भन्दै उभ्याथ्यो युवा त्यो
भुइँमा ढल्यो  के  असरले  अचानक

बहर

गजल



तिमी मुस्कुराई न आए हुने हो
जलाउन लाली न लाए हुने हो
! ! 
छ मुस्किल मलाई यी राधाहरूको
कसैले त  यो  हात   समाए हुने हो
! ! 
इसारा दिँदै झन् लजाउनु भन्दा
छ के भित्र मनमा बताए हुने हो
! !
रुँने चाह राख्दै दुख्यो दिल बगरमा
नदीले सुसेली पठाए हुने हो
! ! 
नयन भित्रका चित्र दुश्मन बने छन्
ए आँखा केही जल खसाए हुने हो


प्रकाश पाठक  "योगी"