कतै सम्झिए'कि दुखेको छ छाती
नयनबाट आँसु झरेको छ राती
! !
गुनासो रह्यो के तिमी जान्छु भन्दा
कहाँ बस्न मान्थ्यो दियो सँग बाती
! !
भन्यो जो कसैले पितालाई भगवान्
उही पुज्छ पत्थर टिपी फूल पाती
! !
दुखाएर दिल यो सताएछ जस्ले
उसैले जगतलाई भन्दैछ घाती
! !
हुने हो कि दुश्मन कतै प्यार मेरो
गुलाफ दिन्छु भन्दा परेको छ 'जाती'
No comments:
Post a Comment