गजल
लाग्दैछ झन् कसैलाई प्यारमा कमी भो
सोचेँ यहाँ म एक्लै उपहारमा कमी भो
! !
प्यारी हिडेँ म मुग्लान बाटो नछेक बिन्ति
ठूलो रहेछ दौलत घरबारमा कमी भो
! !
खुट्टा छुनेले गालामा म्वाइँ खाई जाँदा
बा'ले भने बुहारी संस्कारमा कमी भो
! !
सोध्यौ पठाउँ के मायाको चिनो पियारा?
प्यारी मलाई चुम्बन संसारमा कमी भो
! !
फेर्दै छ रङ्ग मान्छे पाईला पाईलामा
द्यौताको हेर झन् अवतारमा कमी भो
बहर :- मुजारे मुसम्मन अखरब
अर्कान :- २२१-२१२२-२२१-२१२२
© प्रकाश पाठक "योगी"
No comments:
Post a Comment