गजल
बहर :- मुतकारिब मुसम्मन सालिम
रुक्न :- १२२-१२२-१२२-१२२
बन्धन :- 'अन'
रदीफ़ :- रहेछ
बिना अर्थ दुख्ने यही मन रहेछ
मरी जान बाँच्ने यो जीवन रहेछ
! !
तिमी जल्न देऊ दीपकलाई प्यारी
जीवन भन्नु आखिर समापन रहेछ
! !
खुसी भेट्छु भन्दै हिडेँ खोज्नलाई
खुसी हेर्छु आफ्नै यो आगन रहेछ
! !
उही निष्ठुरीलाई सम्झिन्छ यो मन
नछुट्ने भनेको त बन्धन रहेछ
! !
रुवायो कसैले हँसायो कसैले
म सोच्दैछु जीवन'नि मञ्चन रहेछ
प्रकाश पाठक "योगी"
चितवन नेपाल
No comments:
Post a Comment