अनौठो नशाको रहरमा पुर्यायौ
खुशी मेरो लुट्दै, डहरमा पुर्यायौ
! !
गर्यौ प्यार कस्तो यता न उताको
म जिउनै नसक्ने कहरमा पुर्यायौ
! !
कतै छैन मोह जो भन्थ्यो उसैले
बिकाउन जवानी सहरमा पुर्यायौ
! !
बुझ्यो के कसैले यो प्यारको महत्व
अमर प्रेम हाम्रो नहरमा पुर्यायौ
! !
न सागर पुगेँ म न यात्रा सफल भो
थिएँ शान्त ताल झैँ लहरमा पुर्यायौ
No comments:
Post a Comment