मेरो पनि त घाँटीको यो पासो रहन्न
तिमी दूर जान्छौ जाउ गुनासो रहन्न
! !
गुलाफ सँगै हाँस्ने ती पुतलीहरूको
चमेली र प्याउली सँग चासो रहन्न
! !
गुनासो गर्नू भन्दा खेत बाँझो राख्नु
तब पो त पराल रहन्न हतासो रहन्न
! !
आउँछौ भन्ने आशमा प्यासी छ ओठ
अधरमा चुमिदिनु मन प्यासो रहन्न
! !
परिचय सोध्यौ'योगी' हो जान्दा जान्दै
बिचरा उस्को दुनियाँ रहन्न बासो रहन्न
No comments:
Post a Comment