"मुक्तक"
कहाँ लाग्छ माया, छ चाहा अरूकै
मलाई भने याँ ~ छ डाहा अरूकै
बस्यौ प्यार गर्दै ~ तिमी नै मनैमा
हियामा छ माया, अथाहा अरूकै
प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
चितवन
"मुक्तक"
कहाँ लाग्छ माया, छ चाहा अरूकै
मलाई भने याँ ~ छ डाहा अरूकै
बस्यौ प्यार गर्दै ~ तिमी नै मनैमा
हियामा छ माया, अथाहा अरूकै
प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
चितवन
"मुक्तक"
रमाईलो छ,सुन्दर छ, देश मेरो
झनै सुन्दर भाषा अनि भेष मेरो
यति सुन्दर र शान्त देशमा जै'ले
रूष्ट मनुष्यको छ परिवेश मेरो
प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
चितवन
"मुक्तक"
आजकल हाम्रो देशको बाङ्गिएको चाला देख्छु
भ्रष्टाचार,कालाबाजारी झाङ्गिएको चाला देख्छु
मिठा-मिठा भाषणले टालटुल गरे पनि नेताहरू
यत्र-तत्र सर्वत्र हेर्नुस त नाङ्गिएको चाला देख्छु
!!
प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
चितवन
"गजल"
पीडा बढी छ खुशीले त छलेको छ सुस्त
उराठ लाग्दो जिन्दगी यो चलेको छ सुस्त
!!
ठूलै आँधी ल्याए यहाँ पतन गराउनलाई
धिप-धिप गर्दै अहो!दीप बलेको छ सुस्त
!!
ओठमा हाँसो देखाई बाँच्नु छ बाध्यता
कस्लाई के थाहा आत्मा गलेको छ सुस्त
!!
दियौ जहर मार्न प्रेमको वृक्षलाई तिमीले
अमर भयो प्रेम हाम्रो यो फलेको छ सुस्त
!!
रोप्यौ मुना दिलको बागमा थियो फुलेको
माली बिना त त्यो वृक्ष नै ढलेको छ सुस्त
प्रकाश पाठक "योगी''
भरतपुर २३ जगतपुर
चितवन
"गजल"
झर्यो आँसु मेरो हिया यो दुखेर
गयौ आज टाढा मलाई भुलेर
!!
म माली हुँ भन्थ्यौ भयो के बताऊ
बगैँचा उजाडी हिड्यौ है उठेर
!!
सधै राज गर्छ्यौ तिमीले म माथी
यहाँ बस्न गाह्रो छ नाता टुटेर
!!
थिएँ लास जस्तै भुँईमा ढलेको
पस्यो प्राण मेरो अधरमा चुमेर
!!
भयो दु:ख जै'ले वचनको प्रहारले
यहाँ रून्न भन्थेँ म रोएँ लुकेर
प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
हाल :- चेन्नई भारत
"मुक्तक"
आफु भोकै बस्छु तिम्रो माग पुरा गर्छु
धन कमाउन आजै मुग्लान तिर झर्छु
तिमी किन यति साह्रै सताउँछ्यौ हँ..?
भन मात्रै तिमी बरु बिष पिएर मर्छु
प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
चितवन
"गजल"
नचाहेर माया , लगायौ र घाँडो
सधै आँसुधारा, बगायौ र घाँडो
!!
थिएँ मस्त निद्रा, अँगालेर सुत्दै
अहो! व्यर्थ रातमा,जगायौ र घाँडो
!!
थियो लाख माया बुझेकै रहिन्छौ
दिँदा प्यार टाढा भगायौ र घाँडो
!!
दिँदा पुष्प मैले लिईनौ कदाचित्
अरू पुष्प लाखौं मगायौ र घाँडो
!!
दिएँ प्यार राखी चिनो पुष्प भन्दै
समाएर डाँडा नगायौ र घाँडो
प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
चितवन