Sunday, 17 June 2018

बहर

"गजल"

झर्यो आँसु मेरो   हिया यो दुखेर
गयौ  आज   टाढा मलाई  भुलेर
!!
म माली हुँ भन्थ्यौ भयो के बताऊ
बगैँचा  उजाडी  हिड्यौ   है  उठेर
!!
सधै राज गर्छ्यौ तिमीले म माथी
यहाँ  बस्न  गाह्रो  छ  नाता  टुटेर
!!
थिएँ  लास  जस्तै  भुँईमा ढलेको
पस्यो  प्राण   मेरो  अधरमा चुमेर
!!
भयो दु:ख जै'ले वचनको प्रहारले
यहाँ  रून्न  भन्थेँ   म  रोएँ  लुकेर

प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
हाल :- चेन्नई भारत

No comments:

Post a Comment