Monday, 18 June 2018

स्वतन्त्र गजल

"गजल"

पीडा बढी छ खुशीले त छलेको छ सुस्त
उराठ लाग्दो जिन्दगी यो चलेको छ सुस्त
!!
ठूलै आँधी ल्याए यहाँ पतन गराउनलाई
धिप-धिप गर्दै अहो!दीप बलेको छ सुस्त
!!
ओठमा हाँसो देखाई बाँच्नु  छ  बाध्यता
कस्लाई के थाहा आत्मा गलेको छ सुस्त
!!
दियौ जहर मार्न प्रेमको वृक्षलाई तिमीले
अमर भयो प्रेम हाम्रो यो फलेको छ सुस्त
!!
रोप्यौ मुना दिलको बागमा थियो फुलेको
माली बिना त त्यो वृक्ष नै ढलेको छ सुस्त

प्रकाश पाठक "योगी''
भरतपुर २३ जगतपुर
       चितवन

No comments:

Post a Comment