Thursday, 14 June 2018

मुतकारिब

"गजल"

नचाहेर माया , लगायौ र घाँडो
सधै आँसुधारा, बगायौ र घाँडो
!!
थिएँ मस्त निद्रा, अँगालेर  सुत्दै
अहो! व्यर्थ रातमा,जगायौ र घाँडो
!!
थियो लाख माया बुझेकै रहिन्छौ
दिँदा प्यार टाढा भगायौ  र घाँडो
!!
दिँदा पुष्प मैले लिईनौ कदाचित्
अरू पुष्प लाखौं मगायौ र घाँडो
!!
दिएँ प्यार राखी चिनो पुष्प भन्दै
समाएर   डाँडा  नगायौ  र घाँडो

प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
          चितवन

No comments:

Post a Comment