Thursday, 28 September 2017

१२२ १२२ १२२ १२२ मुतकारिब मुसम्मान सलिम लुटायौ सबै त्यो जवानी कता खै बतायौ र फेरी कहानी कता खै !! न बोल्छ्यौ तिमी धेर बुझ्नै सिकिन्न छ आँखा भरी नै छ पानी कता खै !! ल आयो समाचार उन्को मलाई म भेट्नै गएको छु नानी कता खै !! पठायौ तिमीले मलाई त फोटो छ ठूलो छ छोरो र सानी कता खै !! मलाई तिमीले भनेथ्यौ भिखारी म माग्दै छु माया, छ दानी कता खै

No comments:

Post a Comment