छन्द - खोंगमाचे
सूत्र - lSS lSS SSS lSS
गण - य य म य
विश्राम - ६ अक्षरमा
लुकाएर पीडा,मास्यौ है तिमीले
र हेर्दै मलाई, हाँस्यौ है तिमीले
!!
कसोरी भनौ खैँ,मायाको कुरा यो
नजानेर नाता, गास्यौ है तिमीले
!!
सदैव मुना त्यो, मायाको उमारी
बलै शान्ति लौ है नास्यौ है तिमीले
!!
बनाएर दोषी, सारा गाउँमाझ
अनौठो कुरामा छास्यौ है तिमीले
!!
मलाई निकाली, दिल् बाट छिट्टै
अरू नै त्यहाँ को, टाँस्यौ है तिमीले
No comments:
Post a Comment