Wednesday, 27 September 2017
"मुक्तक" :- १ भो नआऊ समीप, मलिन मुहार लिएर नआऊ नयनका ती अश्रुधारा,विवश भै पिएर नआऊ म हेर्न चाहन्छु शिखर चढेको, प्रगति नै गरेको आफू औंशी भै प्रकाश अरुलाई दिएर नआऊ "मुक्तक":- २ धिक्कार छ जिन्दगी भन्दै रुन्छु प्रवासमा हो दिन रात साहूको पाउ छुन्छु प्रवासमा बिरामी छन् आमा भनी फोन आउदा पनि जानै पाउदिन घर, बेहाल हुन्छु प्रवासमा! "मुक्तक":-३ कसैको पिठ्युँ पछाडी छुरा हान्ने बानी नराम्रो आफुले आफैलाई ठूलो ठान्ने बानी नराम्रो दुनियाँलाई पाठ पढाउँदै हिड्ने तिमी स्वयं आफ्नो छोडि अरूको धोती तान्ने बानी नराम्रो ''मुक्तक'' – ४ बुढा भएका आमा-बालाई वृद्धाश्रममा छोड्न थाले प्रगाढ़ ती सम्बन्धहरू, सदाको लागि तोड्न थाले संसार चिनाउने बाबा आमा अब घाँडो हुन्छ भन्छन् बुहारी त परै जावस् छोराले’नि बाटो मोड्न थाले । ''मुक्तक'' – ५ गोजी रित्तो छ भकारी खाली के आँटेर दशैं मनाऊँ पत्याउनै छोडे ऋण पनि कस्लाई ढाँटेर दशैं मनाऊँ भन्न त कति सजिलै भन्यौ धुमधामले दशैं मनाउनु माछा-मासु भागमा छैन सब्जी के काटेर दशैं मनाऊँ l ''मुक्तक'' –६ भन न दाइ मनपरेकी केटी फकाउने कसरी हो मनभित्रका कुरा सिधै गएर बताउने कसरी हो जब देखें उसको तस्वीर आँखामा नै बसेको छ संधै आईरहने उनको यादहरु हटाउने कसरी हो l प्रकाश पाठक "योगी" नारायणि नगरपालिका १० चितवन जगतपुर हाल :- चेन्नई भारत
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment