Monday, 29 November 2021

स्वतंत्र गजल

गजल




मौनतामा जिन्दगी यो कटाउनु भन्छन्
दिल दुख्दा  निष्ठुरीले  खटाउनु भन्छन् 
! !
कल्पनामा भए पनि जिउने बानी भा'छ
किन   कोही  यादहरू  घटाउनु  भन्छन्
! ! 
तिमी  मात्र  एक हौ बगरमा आँसु झार्ने 
दुनियाँले   जल्दै  जलेन ठटाउनु भन्छन्
! ! 
को कहिले आएका थिए दिलमा बस्नलाई? 
किन पुतलिहरू दिलबाट  हटाउनु भन्छन्
! ! 
रुकमणीले मलाई कतैको नछोडेको बेला
राधाहरूले त्यो दिल भित्र अटाउनु भन्छन्



प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
चितवन नेपाल
हाल :- दोहा कतार

Sunday, 28 November 2021

गजल

गजल


मेरो आँखा भित्र कहिले पानी भएन
यहाँ विश्वास गर्ने उस्को बानी भएन
! ! 
आजै मेरी हौ भन्थेँ हात समाइ प्रिय
तिमीले सोचेँ झैँ मेरो  जवानी भएन
! ! 
पढ को छ दिलमा भन्यौ म के गरूँ
हृदयमा पुग्ने आँखाको नानी भएन
! !
प्रेम सबै गर्छन् भनि कसरी पत्याउँ
कोही मेरो   चितासँगै  जानी भएन
! ! 
रहर सधैँ यस्तो पलाउँछ यो मनमा 
ठूली छ जीवनमा तर 'सानी' भएन

Tuesday, 23 November 2021

हिन्दी

आज हिन्दी में

चलता रहा सिलसिला आना  जाना तेरा
दिलको मुस्किल हो गया मुस्कुराना तेरा
! ! 
गुस्ताखी माफ करना यूँ हीं छेड्ता हूँ तुजे
बहूत पसंद है गुलाबी  होठका ना ना तेरा
! ! 
कम्वख्त  दिलको प्यार कोही करता नहीं 
चाहतें तो हम भी हैँ वो हात दबाना तेरा
! ! 
जाहिर कर दिया दिलकि बात हम ने तो
क्या क्या छुपा दिल में राज बताना तेरा
! ! 
बादल मुझको छोडकर चले जानेके बाद
हुआ होगा जिन्दगीका सफर सुहाना तेरा
! ! 
छुपता हैं तुझे देखकर चाँद हम  क्या है ? 
दिलका गुजारिश थोडा श्रृंगार घटाना तेरा
! ! 
अरे बुढे भी जवानीका दुआ माग्ने लगे है
सरक गया  हैं   दुपट्टा थोडा  उठाना  तेरा
! ! 
जरा सोच लेना रुकमणी बनेगी या राधा ? 
मैं तो हमेशा साथ रहूँगा बनके काना तेरा
! ! 
जा रहा हूँ मैं बता देना दिल मे कूछ हे तो
बादमे बरस न जाये  आँसू का दाना तेरा

प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
चितवन नेपाल 
हाल :- दोहा कतार


गजल


मेरो आँखा भित्र कहिले पानी भएन
यहाँ विश्वास गर्ने उस्को बानी भएन
! ! 
आजै मेरी हौ भन्थेँ हात समाइ प्रिय
तिमीले सोचेँ झैँ मेरो  जवानी भएन
! ! 
पढ को छ दिलमा भन्यौ म के गरूँ
हृदयमा पुग्ने आँखाको नानी भएन
! !
प्रेम सबै गर्छन् भनि कसरी पत्याउँ
कोही मेरो   चितासँगै  जानी भएन
! ! 
रहर सधैँ यस्तो पलाउँछ यो मनमा 
ठूली छ जीवनमा तर 'सानी' भएन

इसारों इसारो से   हमें   लुभाता हे कोही
ख्वाबो खयालों मे हमेशा आता हे  कोही
! ! 
आँसु बनके बहजाएगा सम्भालो अभी से
दिलके टुकडे को आँखमे छुपाता हे कोही
! ! 
हम तो पत्थर थें जो रास्ते पे आते रहेते थे़
सोचो भुलकर  आग  से टकराता हे कोही
! ! 
पश्चातप होगा जब वक्त  निकल  जायगा
अरे ! दिलकी बात दिलमे दबाता हे कोही
! ! 



Sunday, 21 November 2021

मुक्तक

मुक्तक

राखेर मनमा पाप    भलाद्मी   बन्ने धेरै छन्
समिप राम्रो पछाडी  खाडल  खन्ने धेरै छन्
व्यर्थै नाता चर्किएला  मित्र आज झर्किएला
सोचेर गोबरलाई पनि माटो हो भन्ने धेरै छन् ।।

मुक्तक

राखेर मनमा पाप    भलाद्मी   बन्ने धेरै छन्
समिप राम्रो पछाडी  खाडल  खन्ने धेरै छन्
व्यार्थै नाता चर्किएला मित्र आज झर्किएला
सोचेर गोबरलाई पनि माटो हो भन्ने धेरै छन् ।।

मुक्तक

बढ्छ ढुकढुकी केही विशेष थियो भन्न गाह्रो भो
दु:ख सुखको सहयात्री  अब भने  बन्न गाह्रो भो 
उपहार स्वरुप रातो बाकस आउछ तिम्रो नाममा
नभन्नु प्रिय, तिम्रो नामको चिहान खन्न गाह्रो भो ।।

मुक्तक

यस्तै रैछ मन  सधैँ रुँदै   सम्हाल्नै पर्ने रै'छ
ब्यथाका भारी बोकी  पाउ चाल्नै  पर्ने रै'छ
तिमीसँग सम्बन्ध गाढा छ भनि नहुने क्यारे
मरे त  सड्छ लाश र त परै फाल्नै पर्ने रै'छ ।।


गजल

गजल


मेरो  जस्तै गुनासो रहेछ  सहरको
कसरी छेकौँ प्रहार उस्को नजरको? 
! ! 
धरती झर्ने चाह राख्यो जूनले पनि
जब देख्यो तिम्रो मुस्कान अधरको
! !
किनारा भैँ बाँच्ने रहर छोड जीवन्
कहाँ बुज्छ  नदीले  पीडा  बगरको
! !
सहयात्री बनूँ भने मूर्खता  लाग्ने छ
तिमी धावक म बैसाखी भै सफरको
! ! 
म आगो हुँ  मलाई डर छैन  म भित्रै
बरू चिन्त छ नजिक आउने खरको
! ! 




प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
चितवन नेपाल
हाल :- दोहा कतार 

यो धड़कन उसैको

रमाउने रहर थ्यो  सधैँ त्यो सहरमा
झर्‍यो आँसु एक्लै भएको सफरमा
! ! 
तिमी  छौ  हृदयमा  भनूँ  के   गरेर
छुटे  पुग्न  सक्नेछ जीवन  बगरमा
! ! 
बिछोड्मा हृदय चस्किएको प्रहर छ
म मुस्कान  छरुँला  कसोरी अधरमा 
! ! 
चितामा   पुगे'नि    सकूँ   हाँस्नलाई 
नदेखूँ  कतै   आँसु   तिम्रो   नजरमा 
! ! 
ए मन  प्यार  गर्ने  रहर  छोडि दे   न 
हृदय  घाइते  भो  नजरको  असरमा 

गजल

घायल बनायो कस्ले पागल बनायो कस्ले
यो दिल  दिमागमा हलचल बनायो कस्ले
! ! 
न टिप्न सक्छु मैले न छुन सकेँ सजिल्यै
तिम्रो माया सगरको फल बनायो कस्ले
! ! 
थिएँ शान्त पोखरी आफै भित्र रमाएको
पत्थर  फ्याँकेर  खलबल बनायो कस्ले
! ! 
टुट्ने थिएन साइनो उठ्ने थिएन विश्वास
भरोसा सँग सँगै यहाँ  छल बनायो कस्ले
! ! 
मैले के गरेको छु र भनी प्रश्न गर्छन् कोही
भन आँखामा आँसुको ढल बनायो कस्ले 

गजल
गजल

यो धडकन उसैको यो तडपन उसैको
सधै  सम्झनामा   दुख्यो मन   उसैको 
! !
रहर   एक   जाग्यो  चितासम्म  पुग्दा 
सुनौ  भन्छ यो  कान   गनगन उसैको
! ! 
हृदय जल्छ होला म  जल्दा  चितामा 
टुटेको  कहाँ    रै'छ    बन्धन   उसैको
! ! 
नहाने हुने   थ्यो   सिसालाई    पत्थर 
रुँने   चाह   देख्दैछु  झन झन उसैको
! ! 
म चाखेँ अधर त्यो   सुरा   दूर   राखी
जहर लाग्न थाले   ती चुम्बन  उसैको
! ! 
अचानक  दुख्यो  मन   जँचाएर  आएँ
गढेका  खिलै  खिल   रहेछन्   उसैको
! !
प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर 
चितवन नेपाल 
हाल :- दोहा कतार








कविता

कविता :- प्रेम पत्र 



डियर जिन्दगी. . . 


  .    .  .  .  .  .  . मरुभूमीको उष्णतामा छट्पटाइरहेको यो घाइते मुटुलाई छट्पटाउन देऊ! बिन्ति . . . . मलम लगाउने चेष्टा नगर किनकी हजारौं चोटहरू आहत बनेको हृदयले सधैँ चोटहरूको अपेक्षा गरेको हुन्छ तसर्थ बरू प्रहार गरेर जाऊ ता'कि चोटहरूले कहिल्यै मेरो साथ नछोडुन् . . . . . 
        .  .  .  .  .  .  .  .  .  .  . थाहा छैन के सोचेर गुलाफको फूल ल्याएर मेरो चरणमा राखिदियौ अनभिज्ञ छु । के गरौँ राखौँ कि फालौँ  ?  हुन त जीवन सधैँ प्याउलीसँग रमाइरहेको हुँदा गुलाफ देख्दा टिपूँ टिपूँ लाग्दो रहेछ, टिपेर हृदयको माझमा सजाउँ झैँ लाग्दो रहेछ, 
गुलाफको रंगहरूले जीवनका सादा पानाहरूमा रंग भरौँ भरौँ जस्तो लाग्दोरहेछ,  टिपेर गुलाफलाई चुमौँ चुमौँ लाग्दो रहेछ, थाहा छैन मनमा अनेकौं इच्छा आकाङ्क्षाहरूले विष्फोट गराउँदो रहेछ, अनेकौं रहरहरु पलाउँदा रहेछन् . . 
तर. . . 
  .  .   .  .  तर  बाध्यता र  विवशताको भूमरीमा  पिसिएको जिन्दगीले सोच्न बाध्य पार्दोरहेछ. . . यो चरणको गुलाफलाई अँगालूँ वा फालूँ . . . . ?  

कतै अँगाली हालेँ भने यो उष्णतामा कसरी जोगाउँला ?  प्रेमको छहारी कसरी बनाउँला ?  हरेक प्रहर "निशा" सँग हराएको जीवनले पूर्णिमाको उदीयमान कसरी गरौंला ?   

नअँगालौँ भने निष्ठुरीको उपमा राख्ने हौ कि . . . . अँगालौँ भने म कसरी प्रेम गरुँ ?  जहाँ प्रेमको अङ्कुरण नै छैन!  
सोच्छु . . . . 
प्रेम म गरुँ यस्तो जीवनले पुन: जीवन चाहोस् 💞 मरणको कल्पना सम्म नसोचोस् म चाहन्छु छटपटिमा रातहरू 
काट्न नपरोस् कसैको बियोगमा आँखाहरू भिजाउन नपरोस् यस्तो प्रेम होस् जीवन चितामा रहँदा पनि केवल तिम्रो नाम जप्दै जीवनलाई समापान गर्न पाइयोस् . . . . 

  .  .  .  .  .  तर.  .  .  


तर .   .  जीवनले
  .  .  .  .  .  .  ..जीवन समाप्त पारी सकेको बर्षौँ बितिसक्यो  तसर्थ  उदाङ्गो जीवन  बोकेर म कस्तो प्रेम गरौँ छलको कि   स्वार्थको  तिमीसँग.  . . . .? 

ए गुलाफ तिमी मेरो चरणमा छौ 
न उठाउन सक्छु ,  न कुल्चन सक्छु
ए गुलाफ. . . . . . . .


प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर 
चितवन नेपाल 
हाल :- दोहा कतार

गजल

कहाँ दोष लाग्यो र खोटो बन्यो ऊ
सधैँ यादमा आउने फोटो बन्यो ऊ
! ! 
छ अन्तर निगालो र बाँसको तसर्थ 
उचो  जान  छोडेर  छोटो  बन्यो  ऊ
! ! 
बरूँ होस टालो छ सौँ-भाग्य  उस्को
त्यसैले  यहाँ  आज  भोटो  बन्यो  ऊ
! !


गजल 


यो जीवन कसैलाई भारी हुँदैछ
हृदय  आज  वारी र पारी हुँदछ
! ! 
अधूरो हुने भो कथा जिन्दगीको
प्रिया अन्त  जाने  तयारी  हुँदैछ
! ! 
रहरलाई मारेर हिड्दैछु झन् झन्
केलाई यो जीवन भिखारी हुँदैछ ?
! !
चुम्यौ हात मेरो म छुट्ने प्रहरमा
त्यसैले हृदय झन् बिमारी हुँदैछ 
! ! 
छरूँ फूल मैले कहाँ मात्र भन्नुस् ? 
कता बाट   उस्को सवारी हुँदैछ ?


रुवाएका हैनन यहाँ कसैका कुराले
आमा भन्दै  बोलायो  एउटा टुहुराले
! ! 
खबर छिट्टै पठाउनू ए परदेशी तिमी
माफ गर्नु है  भन्दैछन् सिन्दुर चुराले
! ! 
तिम्रो वचनमा के छ जान्ने मन भयो
यति साह्रो  रेट्ने  थिएन बरूँ छुराले 
! ! 
कति चोट दिन्छौ देउ  गुनासो रहन्न
आदत जो  भयो निका पार्ने  सुराले 
! ! 
एउटा ''योगी''को  प्रतिक्षा देखे  पछि 
पर्खने विचार बनाएछ एक कुरुवाले


मुक्तक

" मुक्तक "   { आमा  }

सधै भरि आमा भन्दै  त्यो  काखमा रून पाउँ आमा
शिर झुकाएर कोमल पाउ  हजुरैको छुन पाउँ आमा
चाहाना ठूलो राख्दिनँ म अरु केही पनि माग्दिनँ   म
जुनि जुनि सयौं जुनि हजुरकै सन्तान हुन पाउँ आमा

  .  .  .   प्रकाश पाठक "योगी"

Friday, 5 November 2021

गजल स्वतंत्र

अचेल हुँदैछ हर दिन मुश्किल के गरौँ
तिम्रो मुस्कानमा   फस्यो दिल के गरौँ
! ! 
यो मुटु बोकेर  कहाँ जाउँ जचाउन म
तिम्रो चुम्बन बनि बस्यो खिल के गरौंँ
! ! 
यादहरू यति घातक रहेछन् ज्ञात भो
मुटुमा पीडा आँखा टिलपिल के गरौँ
! ! 
तिम्रो अभाव यति सम्म लाग्न थाल्यो
सून्य लाग्दैछ भरी यो महफिल के गरौँ
! ! 
गुनासो नगर दीयो जलाएन भनि प्रिय
छौ जहाँ त्यहाँ देख्छु झिलमिल के गरौँ