Monday, 26 July 2021

बहर

गजल



दुखेको  छ  छाती  बताऊँ कहाँ  म 
छ   कोही   मुटुमा   हटाऊँ कहाँ म
! !
नगर्नुस् न   जिद्दी अधर चुम्छु भन्दै
यता   बैंस   उर्ले    दबाऊँ कहाँ  म 
! !
छुरा हान्न थाल्छन् लुटी स्वार्थ जस्ले
उसैलाई    जोवन    थमाऊँ कहाँ म 
! !
लुटी  खान पल्के  ति  व्वाँसाहरूले
लुछे   देश   भन्दै    भगाऊँ कहाँ म
! !
मरे हुन्छ  भन्छन्  ति  स्वार्थी  हुनेले
मर्यो आज  "योगी"   उठाऊँ कहाँ म

प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
चितवन नेपाल
हाल :- दोहा कतार

गजल

गजल



छैन भनूँ भने पनि चारैतिर हरियाली छ
तर फूल छैन कतै केवल डाली डाली छ 
! ! 
चोटै चोटले भरिएको छ हृदय सधैँ  मेरो
लाग्दैछ  तिम्रो संगत हुँदा कतै खाली छ
! ! 
सायद यो  मनलाई  जलाउनलाई होला 
बारम्बार सोह्र श्रृङ्गार ओठमा लाली छ
! ! 
म कहाँ 'ऊ' हुँ 'ऊ' त जै'ले 'ऊ' नै थियो 
त्यसैले मलाई यहाँ न ताली न गाली छ 
! ! 
देशलाई प्रेम कति गर्छस् प्रश्न नसोध्नुस
हृदयभरी हमेशा मेरो मेची महाकाली छ


प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
चितवन नेपाल
हाल :- दोहा कतार

Saturday, 24 July 2021

गजल

गजल 

अमृत वा जहर जे छरोस् गुनासो छैन
निष्ठुरीले मनलाग्दो गरोस् गुनासो छैन
! ! 
फूल फुलेर पनि कतै सुवास दिन्न भने
बोटमै रहोस् कि  झरोस्  गुनासो छैन
! ! 
दिलमा ठूलो चोट दिइ जान्छ भने "ऊ"
चाहे बाँचोस् चाहे   मरोस् गुनासो छैन
! ! 
सफल हुन्छु भन्छ मेरो खुट्टा ताने पछि 
शुभकामना  सागर  तरोस् गुनासो छैन
! ! 
लुकाएर दिलको चोट स्वागत गर्दा पनि
घुर्क्याएर अन्त सर्छ सरोस् गुनासो छैन

प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर 
चितवन नेपाल 
हाल :- दोहा कतार

Wednesday, 21 July 2021

गजल

गजल


म त पत्थर हुँ कहरको गुनासो  छैन
खहरेमा उर्लने लहरको गुनासो छैन
! ! 
सङ्गालेर राख्दा  राख्दै  खाटो बन्यो
वाइयात लाग्ने रहरको  गुनासो छैन
! ! 
न त  साथ दियौ न त आफ्नो बन्यौ 
आँखामा बग्ने नहरको गुनासो छैन
! ! 
कति कथा ब्यथाहरू दबाएर बस्छु
मतलबी यो  शहरको गुनासो  छैन
! !
स्वीकार्य छ तिमी खुशी हुन्छौ भने 
उपहार  त्यो  जहरको गुनासो छैन



प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर 
चितवन नेपाल
हाल :- दोहा कतार

Tuesday, 20 July 2021

गीत

गीत


यथार्थ कुरा हुन् तिमीले सुनेका
यि अधर उनै हुन् तिमीलै चुमेका
यथार्थ कुरा हुन् . . . . 


हृदय भरिका चोट नदुखाऊ
बिन्ति प्रिया, खबर नपठाऊ
कसरी रोकूँ याद दिलमा घुमेका
यि अधर उनै हुन् तिमीले चुमेका


एकै वचन काफी आँखा रसाउन
कसरी सक्छन् कोही दिलबाट हटाउन
सपना टुटीगयो यो मनमा बुनेका
यी अधर उनै हुन् तिमीले चुमेका

यथार्थ कुरा हुन् तिमीले सुनेका
यि अधर उनै हुन् तिमीलै चुमेका
यथार्थ कुरा हुन् . . . .


प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
चितवन नेपाल
हाल :- दोहा कतार

गीत

गीत


नमेटिने चोट दियौ दिलको माझमा
किन आउँछ तिम्रो याद सधैँ साँझमा

जाँदा जाँदै थोरै जहर पिलाएर जाऊ
बिन्ति गर्छु मलाई मुक्ति दिलाएर जाऊ
तिम्रो तस्वीर हेरि बस्छु जूनको साथमा
किन आउँछ तिम्रो याद सधैँ साँझमा


तिम्रो नाम कल्पिदै दुख्छ सधैँ छाति
बज्रपात पारिरह्यौ किन सधैँ म माथि
जून पनि रोइरहन्छ यहाँ सधैँ प्रभातमा
किन आउँछ तिम्रो याद सधैँ साँझमा 


नमेटिने चोट दियौ दिलको माझमा
किन आउँछ तिम्रो याद सधैँ साँझमा


प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
चितवन नेपाल
हाल :- दोहा कतार

Saturday, 17 July 2021

गजल

गजल




औंसी छ दिलमा पूर्णिमा किन आउँछ
टाढा  पठाइ देऊ जुन, जुनले रुवाउँछ 
! !
लुट्यो सारा खुशी अनि दूर गयो कोही
के पुगेनर आखिर?पुन: याद पठाउँछ
! ! 
खबर पठाएन भनि  गुनासो गर्दिनँ  म
आफ्नो हो ऊ र त सधैँ यसरी सताउँछ
! ! 
आफ्नै कथा  व्यथामा रेटियो  सारङ्गी
सोचेँ मेरो कथा व्यथा किन   सुनाउँछ  ?
! ! 
सम्भालेर राख वा  फाल  तिम्रो  खुशी
यो घाइते मुटु तिम्रै समीप छटपटाउँछ
! ! 
घरिघरी साँझमा याद नगर प्रिय तिमी
एउटै  बाडुलीले दिमाग  खलबलाउँछ
! ! 
निष्ठुरी भेटेँ बाटोमा के छ भनि सोधी
कसरी भनूँ चोटमा ओठ  मुस्कुराउँछ
! ! 
न सम्बन्ध छ हाम्रो न "ऊ" प्रिय मान्छे
बारम्बार झझल्कोमा आई  तड्पाउँछ
! ! 
फिर्ता लैजाऊ निष्ठुरी झूठा प्रेम पत्र सबै
पढेँ भने बिगतलाई यि आँखा रसाउँछ
! ! 
बाह्र छोरा तेह्र नाती सौभाग्य हो भन्थे
बृदावस्थामा बुढो बा'ले लौरी समाउँछ


प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
चितवन नेपाल 
हाल :- दोहा कतार

Friday, 16 July 2021

गजल

उषाको लाली कस्तो  चढेर गयो
ढुकढुकी झन्   झन्   बढेर गयो
! ! 
ज्योति छर्न खोज्दा एउटा   दीप
स्वयम् आज आगोमा डढेर गयो
! ! 
लाली अधरले चुमे के हुन्छ होला
नजरको तीर दिलमा  गढेर  गयो
! ! 
चन्चल भएको छ प्रभातमा यो मन
प्रिय मान्छे मनको भाव  पढेर गयो

Sunday, 11 July 2021

गजल

गजल



गल्ती मेरै हो  आँखामा सजाए पछि
कसैलाई  गुमाएँ  आँसु  बगाए  पछि
! ! 
एक्लै सफर गर्दिनँ भन्दा पनि गर्दैछु
के गरौँ प्रिय काल नजिक आए पछि
! ! 
तिम्रो खुशी नै मेरो खुशी हो भनि दिएँ
सहयात्री "ऊ" एक्लै हिड्न रुँचाए पछि
! ! 
पत्थर दिल पनि एकदिन रुनेछ  पक्कै
तिम्रो समीप घाइते मुटु छटपटाए पछि
! ! 
पागल  बन्छ वा जहर पिउँछ त्यो सायर 
कसैले फूलको सट्टामा छुरा पठाए पछि



प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
चितवन नेपाल
हाल :- दोहा कतार

Friday, 9 July 2021

गजल

गजल

दुख्ने घाउ   झन्  झन् दुखाउँछन् मान्छे
भित्रभित्रै माया बाहिर लुकाउँछन् मान्छे
! !
आदत हो सजिल्यै कहाँ  छुट्छ कसैको
घोचेर नै  आँसुको मूल फुटाउँछन् मान्छे
! ! 
सुगन्ध दिने वनफूल हूँ बुझुन् यो  दुनियाँ
मन्दिर राख्छन् लासमा चढाउँछन् मान्छे
! ! 
गुनासो कसलाई पो गरुँ आगो हूँ बल्दछु
सधैँ ध्यु थपि जल्नलाई सघाउँछन् मान्छे
! ! 
रुने आदत नै भएको छ फेरी रोई दिउँला
तलाईँ उस्ले छोडी भन्दै सुनाउँछन् मान्छे
! !
प्रेम बियोगमा मुर्छित भै ढलेँ भने कतै म
तमासा हेर्दछन् कि वा उठाउँछन् मान्छे ? 
! ! 
खबर सोध्दैनन् ज्युँदो छदा कसैले  पनि
श्रंदाञ्जली लेख्दै आँसु बगाउँछन् मान्छे
! ! 
दिलमा चोट बोकी मुस्कुराउन छोड्दा म 
निष्ठुरी सोच्छन् र निष्ठुरी बनाउँछन् मान्छे
! ! 
प्रकृतिको नियम हो दिन पछि   रातहुन्छ
तिनै हुन् जो उदाउछन् अस्ताउँछन् मान्छे
! ! 
सधैँ मै हुँ सर्वे सर्वाह पालेर अहम  मनमा 
अर्ती उपदेशका कुराहरू पढाउँछन् मान्छे 

प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
चितवन नेपाल 
हाल :- दोहा कतार

स्वतंत्र गजल

गजल




न त  दिनमा रुन्छ  न  त रातमा रुन्छ
त्यो  सगर सधैँ   किन प्रभातमा रुन्छ
! ! 
उसको शब्द काफी  मन रुवाउनलाई
किन सायर खूद सुराको मातमा रुन्छ
! ! 
खबर पठाऊ कि त घर आऊ मुग्लानी
हेर सिउँदोमा सिन्दुर चुरा हातमा रुन्छ
! ! 
उसको यादहरूले सधैँ सताएर जान्छन्
आँखा अचेल झन्  झन् बर्षातमा रुन्छ
! ! 
पागल भनौं वा प्रेमी भनौं उसलाई  मैले
एउटा "योगी" भेटेँ जो बातै बातमा रुन्छ



प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर 
चितवन नेपाल
हाल :- दोहा कतार