Tuesday, 24 December 2019

मुक्तक

बिन्ती प्रिय ! मलाई न्याय दिलाएर जाऊ
छ  सानो  समस्या हाम्रो   मिलाएर जाऊ
मिल्ने छ छुटकारा तिमीलाई नि मलाई नि
आऊ तिम्रै  हातले  जहर  पिलाएर जाऊ । 


फक्रिदा -फक्रिदै डालीबाटै झर्न नपरोस्
वियोगको पीडाले दुखी मन गर्न नपरोस्
बरु झुटो कसम खाइदैन पिरती लाइदैन
पछि धोका पाएर यहाँ पलपल मर्न नपरोस्  ।।

अरु केही पनि चाहिदैन मलाई,अन्तिम पलमा पानी भैदियोस्
पानी पिलाउने दयालु साथ - साथै मायाकी खानी भैदियोस्
चाहाना ठूलो  राख्दिन दैव, अरु केही पनि मैले  माग्दिन
प्राण जान घिटिघिटी हुँदा पियारीको काख सिरानी भैदियोस् ।।


अरुको काँध माथि चढेर बगर तिर झर्न मन छ
असल मित्र को को छन् भनि बुझ्न मर्न मन छ
काटेको वृक्षमा पनि जब पालूवा पलाएको देख्दा
घाइते यो मनले पनि भन्न थाल्दै छ प्रेम गर्न मन छ ।।


"मुक्तक" ५

डालीबाट ओईलिएर भुँइमा   झरेको  थिएँ
दुनियाँको पाउले हान्दै धेरै पर सरेको थिएँ
कस्को कुरा सुन्यौ तिमीले  महाजाल बुन्यौ
रोप्यौ छुरा मार्न भन्दै म त यसै मरेको थिएँ

प्रकाश पाठक "योगी''
भरतपुर २३ जगतपुर
हाल :- चेन्नेई भारत




गजल

"गजल" :- १


काली उनैको छाला छ राम्रो
मेरै  बुढीको   गाला  छ राम्रो
! !
मख्खै  परेको  मुर्दा   म   भेटेँ
भन्थ्यो गलामा माला  छ राम्रो
! !
भागिन्  पियारी छोडेर अन्तै
सोच्थ्यो बिरेले चाला छ राम्रो
! !
नासो छ उस्को पोते नमाग्नुस्
लानुस् बरू यो बाला छ राम्रो
! !
सोध्लान् कसैले देशको कुरानै
भन्नुस् नदी त्यो नाला  छ राम्रो

छन्द :- पाङ्फुन्च
विश्राम :- ५ अक्षरमा


"गजल" :- २

रहर लाख हुन्थ्यो, सहर मौन बस्थ्यो
तिम्रो बैँस देखेर,  जहर  मौन बस्थ्यो
! !
बिष हौ कि तिमी, कि त  सुरा नै हौ
पलाएका मनका, रहर  मौन बस्थ्यो
! !
आज भन्छु भन्दै आएँ  मनैका कुरा
तिम्रो सामु दिलको ठहर मौन बस्थ्यो
! !
लेखौ भन्थेँ गजल मनका शब्द समेटी
कहिले छन्द कहिले बहर मौन बस्थ्यो
! !
माग्ने नै काम थियो प्रेम माग्थ्यो होला
"योगी"नै भएनि हर-प्रहर मौन बस्थ्यो

नाम :- प्रकाश पाठक "योगी"
ठेगाना :- भरतपुर २३ जगतपुर
चितवन नेपाल
हाल :- दोहा कतार

मुक्तक :- आमा

" मुक्तक "   { आमा  }

सधै भरि आमा भन्दै  त्यो  काखमा रून पाउँ आमा
सिर झुकाएर कोमल पाउ  हजुरैको छुन पाउँ आमा
चाहाना ठूलो राख्दिन म अरु केही पनि माग्दिन म
जुनि जुनि सयौं जुनि हजुरकै सन्तान हुन पाउँ आमा

नाम :- प्रकाश पाठक "योगी"
ठेगाना :- भरतपुर २३ जगतपुर
चितवन नेपाल
हाल :- दोहा कतार

गजल

गजल



रमिता हेर्नेछन् पक्कै दुनियाँ सारा
जब म हुनेछु त्यो आकाशको तारा
! !
बहस सुरु  हुन्छ  एउटा मूर्दामाथि
राम्रो,नराम्रो भन्लान् कोही विचारा
! !
सफरमा छोडी हिडेँ निष्ठुरी नभन्नु
सकिनँ पुछ्न तिम्रा आँसुका धारा
! !
धितो राखि सबै बग्यो शिरको सिन्दुर
कुन बलल चलाउली घरको गुजारा
! !
स्वार्थ लुट्न भमरा तमतयार हुन्छन्
ख्याल गर्नु नारी,जब  हुन्नन् पियारा


"योगी"

गजल

गजल



सकिनँ चुम्न तिम्रो अधरमा
हरामी हुँदानि सधैँ सहरमा
! !
थियो के त्यस्तो घायल भएँ
हेरेको मात्रै हो मैले नजरमा
! !
एक चुम्बन चिनो दिएर जाऊ
छुटिनु  छदै छ  पुन: सफरमा
! !
धन छैन बरु  मुटु   दिन्छु भनेँ
परेछ माया  मेरो'''''''नि  बदरमा
! !
कति प्रेम गर्छु कसरी भनूँ म
पर्खि बसौला नजली बगरमा
! !
भिक्षा माग्दा ढुङ्गा दियौ प्रिय
खोज्दैछ दिल योगी' पत्थरमा



प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
चितवन नेपाल
हाल:- दोहा कतार

गजल

गजल

उसै लठ्ठ पार्ने  रुप छ  तिम्रो श्रृंगार नगर
म पागल हुन्छु प्यारी अधरले प्यार नगर
! !
सुस्त रात ढल्किँदा  सागर उर्लियो बैँसको
काखैमा बस जे  हुन्छ - हुन्छ विचार नगर
! !
छ भन्छ्यौ प्यारको  चिनो बिस्तारै हुर्किदै
भनेकै थिएँ प्रिया चुम्बन  गर्न हतार  नगर
! !
तिम्रो अधरको स्पर्श खोजेकाछन् अंगहरू
हुन्न हुन्न भन्दै  तड्पाएर  अत्याचार  नगर
! !
भँवराको साथमा घुमेपछि मति गुमे पछि
आज लुटियो जवानी भन्दै  धिकार नगर

प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
चितवन नेपाल
हाल :- दोहा कतार

मुक्तक

"मुक्तक" :- १ 

भो नआऊ समीप, मलिन मुहार लिएर नआऊ
नयनका ती अश्रुधारा,विवश भै पिएर नआऊ
म हेर्न चाहन्छु शिखर चढेको, प्रगति नै गरेको
आफू औंशी भै प्रकाश अरुलाई दिएर नआऊ  ।।

"मुक्तक":- २

धिक्कार छ जिन्दगी भन्दै रुन्छु प्रवासमा
हो दिन रात साहूको पाउ  छुन्छु प्रवासमा
बिरामी छन् आमा भनी फोन आउदा पनि
जानै पाउदिन घर, बेहाल हुन्छु प्रवासमा!

 "मुक्तक":-३

कसैको पिठ्युँ पछाडी छुरा हान्ने बानी नराम्रो
आफुले आफैलाई  ठूलो  ठान्ने  बानी नराम्रो
दुनियाँलाई पाठ  पढाउँदै हिड्ने तिमी स्वयं
आफ्नो छोडि अरूको धोती तान्ने  बानी नराम्रो

 ''मुक्तक'' – ४

बुढा भएका आमा-बालाई वृद्धाश्रममा छोड्न थाले
प्रगाढ़ ती सम्बन्धहरू, सदाको लागि तोड्न थाले
संसार चिनाउने बाबा आमा अब घाँडो हुन्छ भन्छन्
बुहारी त परै जावस् छोराले’नि बाटो मोड्न थाले ।

''मुक्तक'' – ५

गोजी रित्तो छ भकारी खाली  के आँटेर दशैं मनाऊँ
पत्याउनै छोडे ऋण पनि कस्लाई ढाँटेर दशैं मनाऊँ
भन्न त कति सजिलै भन्यौ धुमधामले दशैं मनाउनु
माछा-मासु भागमा छैन सब्जी के काटेर दशैं मनाऊँ l

''मुक्तक'' –६

भन न दाइ मनपरेकी केटी फकाउने कसरी हो
मनभित्रका कुरा सिधै गएर बताउने कसरी हो
जब देखें उसको तस्वीर आँखामा नै बसेको छ
संधै आईरहने उनको यादहरु हटाउने कसरी हो l

प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
चितवन नेपाल
हाल :- दोहा कतार

गजल

गजल

मेरो भन्नु के नै पो थियो र बैँसालु बात तिम्रै थियो
दोषी ठान्नु पूर्व  सोच तनमा डुल्ने हात तिम्रै थियो
! !
मनलाई शान्त पार्न थोरै सुरा पिएको थिएँ मैले
मेरो भन्दा पनि बढी जवानिको  मात तिम्रै थियो
! !
चलबलायौ सलबलायौ के के गर्यौ गर्यौ तिमी
जे-जे गरेपनि मनपरी थ्यो सारा रात तिम्रै थियो
! !
नाबालकले झैँ हरेक तमाशा हेर्दै थिएँ मैले तिम्रो
भूल भयो को बाट. ?  चुम्बनको खात तिम्रै थियो
! !
बित्यो रात सारा संघर्ष मै प्रेम युद्ध चल्दा चल्दै
भन अब के गर्छ्यौ  ?  सुनौलो प्रभात तिम्रै थियो ।

प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
चितवन नेपाल
हाल :- दोहा कतार

मुक्तक

                मुक्तक :- ( १ )

हत्या, हिंसा र बलात्कारको दुर्गन्धले श्वास फेर्न सक्दिन
मसाल जलाएर सिंहदरवारलाई मैले एक्लै घेर्न सक्दिन
ऐ सरकार म सहर्ष स्विकार्छु बरू मलाई फाँसी दिनुहोस्
पुन:अन्य चेलिहरूको बलात्कार अब मैले हेर्न सक्दिन  ।।

                मुक्तक :- ( २ )

मनमा पीडा छ बाचेको छु - आँखामा राखेर झरी
बनावटी हाँसो हाँसेको छु  - यहाँ जसो तसो  गरी
सधैँ , नसोध खबर निष्ठुरीले - निक्कै चासो  दिएर
वियोगमा मर्नै आँटेको छु - हिड्छ्यौ सिन्दुर भरी  ! !

मुक्तक :- ( ३ )

अनावश्यक हल्ला चलाउन के फरक पर्छ र
अमृत रोपेर  बिष फलाउन के फरक पर्छ र
चितामा  पुराउने  षंड्यन्त्र  किन  गर्छौ प्रिय,
वियोगमा मरे झैँ छु जलाउन के  फरक पर्छ र?

मुक्तक :- ( ४ )

नाम यौटाको, काम अर्काको गजब छ यार
दाम यौटाको, खाम अर्काको गजब छ यार
चन्दाको खेती रोप्दैछन् ज्यु ज्यु गरेर कोही
माम यौटाको, हाम अर्काको गजब  छ यार ।।

नाम :- प्रकाश पाठक "योगी"
ठेगाना :- भरतपुर २३ जगतपुर
चितवन नेपाल
हाल :- दोहा कतार

Friday, 13 December 2019

मुक्तक

"मुक्तक"

धरामा  छ  सौन्दर्य  यतै भुलूँ भुलूँ लाग्छ
सुन्दर  शान्त  नेपालमा  डुलूँ डुलूँ लाग्छ
हजारौं   हजार   भमराहरू झुल्छन् सधैँ
लाली गुँरास भै डालीमा फुलूँ फुलूँ लाग्छ

"मुक्तक"

पीडा पनि कति कति लुतो झैँ चिलाउने
दु:खको बिचमा थोरै खुशी छ जिलाउने
सँघर्ष  गरेर जिन्दगी सुधार्न खोज्दछु म
दु:ख आँधी झैँ आउँछ खै कता मिलाउने

Saturday, 7 December 2019

गजल

गजल

उसै लठ्ठ पार्ने  रुप छ  तिम्रो श्रृंगार नगर
म पागल हुन्छु प्यारी अधरले प्यार नगर
! !
सुस्त रात ढल्किँदा  सागर उर्लियो बैँसको
काखैमा बस जे हुन्छ हुन्छ विचार नगर
! !
छ भन्छ्यौ प्यारको  चिनो बिस्तारै हुर्किदै
भनेकै थिएँ प्रिया चुम्बन गर्न हतार नगर
! !
तिम्रो अधरको स्पर्श खोजेकाछन् अंगहरू
हुन्न हुन्न भन्दै तड्पाएर अत्याचार नगर
! !
भँवराको साथमा घुमेपछि मति गुमे पछि
आज लुटियो जवानी भन्दै धिकार नगर

प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
चितवन नेपाल
हाल :- दोहा कतार

गजल

गजल

बेकार प्यार बढ्ला मनैमा नराख्नु
म पग्लिन्छु  छिट्टो  तनैमा नराख्नु
! !
देऊ पुष्प काली छिटो बस्छ माया
टिपी  लान्छ कोही बनैमा नराख्नु
! !
मुटु दिन्छु भन्दा सधैँ हुन्न भन्छ्यौ
प्रिया सर्त  तिम्ले  धनैमा  नराख्नु
! !
फरार छन् बुहारी लुटी धन र पैसा
भन्थेँ भाइ  साँचो जनैमा  नराख्नु
! !
तिमी  दूर  जाँदा थिलो भा'छ  मुटु
अझै  थिच्छु  भन्दै  घनैमा नराख्नु

प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
चितवन नेपाल
हाल :- दोहा कतार

Sunday, 1 December 2019

गजल

"गजल"

साँझको ज्योती तिमीले जगाई बस्नु
म आउँछु लाली पाउडर लगाई बस्नु
! !
बर्षौ पछि मिलन हुँदैछ पियारी हाम्रो
मनका  दु:ख   पीरलाई  भगाई बस्नु
! !
कुरा काट्छन् त्यो घर त  यस्तो उस्तो
ऋण काढेर नि दशैंमा घर रगाई बस्नु
! !
थाहै छ मेरो   हल्का पिउने  छ  बानी
ठुलिको  भट्टीबाट  सुरा  मगाई  बस्नु
! !
समयले साथ छोड्दा  क्षणिक  दूर छू
भन्दिनँ मेरो यादमा आँसु बगाई बस्नु ।।

प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
चितवन नेपाल
हाल:- दोहा कतार