Wednesday, 28 March 2018

मुतकारिब

"गजल"

रहर  लाग्छ  जै'ले  गरूँ क्यै  धरामा
मकै जौँ  छरौँला  म   बाँझो  गरामा
!!
उडुञ्जेल अग्ला शिखरमा  घुमिन्छ
छुँदै  व्योम  घुम्ने  छ  इच्छा चरामा
!!
बढी  अन्न  फल्नै  नसक्ने भयो खेत्
छदै  छैन  थोरै   यहाँ    मल  जरामा
!!
जसै    पूर्व    चम्की   उदाए  बिहानी             
फुले  फूल  मनका  कुना   कन्दरामा
!!
छ   सौन्दर्य साह्रै   जहाँ   हेर   राम्रो
झनै  स्वर्ग  झैँ   यो   छटा  पोखरामा

प्रकाश पाठक ''योगी"
भरतपुर २३ जगतपुर
हाल :- चेन्नई भारत

Friday, 23 March 2018

मुक्तक

"मुक्तक"

डालीबाट ओईलिएर, भुँइमा  झरेको थिएँ
दुनियाँको पाउले हान्दै धेरै पर सरेको थिएँ
कस्को कुरा सुन्यौ तिमी , महाजाल  बुन्यौ
रोप्यौ छुरा मार्न भन्दै , म यसै मरेको थिएँ

प्रकाश पाठक "योगी''
भरतपुर २३ जगतपुर
हाल :- चेन्नेई भारत

Thursday, 22 March 2018

सुन्दर नेपाल कविता

कविता :- सुन्दर नेपाल



सौर्न्दर्य खोज्दै हिडेका देखेँं मानव अति नै
सुन्दर शान्त देख्दैनन् देश बिग्रेछ  मती नै
सलल बग्ने नदी ती सबै यही नै  पर्दछन्
मूर्खले सधै वखान भने अन्तको गर्दछन्
! !
फेवा र रूपा ताल छन् राम्रो पोखरा शहर
विदेशी भूमी सुन्दर देख्ने के छ त्यो नजर
चितवन् घुमौं सौराह डुलौँ गैँडा र हात्ती छन्
डाँफे, मुनाल, मयूर हेर रूँखको माथी छन्
! !
चियाको बगान् ईलाम   हेर राम्रो छ शहर
जहिल्य जान्छु छुर्पी नै खान्छु पुगेन रहर
हरियो वन   नेपालको  धन  जोगाई राखौँ है
बसमा चढी सरर अब पश्चिम  लागौँ है
! !
देशमा राम्रो हिमाल हाम्रो विश्वमा सान छ
आटो र ढिँडो नेपाली खाना बलियो ज्यान छ
समाज हाम्रो मिलेको ओहो ! कहाँ छ भन त
हरेक जात जातीमा हेर नेपाली पन छ
! !
सुदूर हेर 'खप्तड' राम्रो ,मुगुमा रारा ताल्
गाउँले चेली मीठो छ बोली  बस्ला है माया जाल्
जे भन्यो त्यही पाईन्छ  हेर  नेपाल देशमा
रमायौ किन हे युवा सधै विदेशी भेषमा
! !


प्रकाश पाठक "योगी"

भरतपुर २३ जगतपुर

चितवन नेपाल 

"मेरी उनी"

कविता :-  "मेरी उनी"
लोक छन्द :- मझौला झ्याउरे
३+२, ३+२, ३+३ = १६

त्यो रातो ओठ,स्याऊ झै गाला, भुल्न म सकिन
समीप गएँ,   धक्धक भयो,   बोल्न  म  सकिन
कसरी खोलुँ , मनको कुरा , मनैमा    अल्झियो
न देख्दा उनी,  छट्पटि हुने, आँगो नै सल्कियो
! !
चौबन्दी चोली, टमक्क भयो, सुहायो चिटिक्कै
परेली केश, गाजलु   आँखा, बनायो    भुतुक्कै
कोकिल   कुण्ठ, मधुर   बोली , मनमा   बसेछ
त्यो रूप देखी, यो सोझो केटो माछी झैँ फसेछ
! !
कानमा झुम्का, नाकमा नत्थी, लगाईँ झरेकी
कसरी भनौ,  नजिक गई,  साह्रै   मन् परेकी
जुनार जस्तै , मिलेका  टम्म, ती  दन्त  लहर
मनमा मेरो , उर्लेर   आयो ,   अनेकौं    रहर
! !
म भुल्ने छैन, कोमल हात्ले , केश त्यो चलाको
रूपको  जादू , चलाई   आज, मन यो गलाको
नजिक आऊ, हे मेरी प्यारी , राखौला काखैमा
नबोली बस,    हेरेर तिमी ,   चुम्दछु   आँखैमा
! !
पुष्प झै लाग्छ, वदन तिम्रो , कोमल   अंग छ
बनायो द्यौता, प्रतिमा तिम्रो, आफै ऊ दंग छ
कहिल्यै टाढा ,नहुनु विन्ति , चित्त त्यो दुखाई
फुलेको पुष्प, नझार्नु बिन्ति , बोट  नै  सुकाई
! !

नाम :- प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
          चितवन
हाल :- चेन्नेई दक्षिण भारत
Email :- prakash87nepal@gmail.com

Wednesday, 21 March 2018

मुक्तक

"मुक्तक"

बारम्बार रूवाउन  अतीत किन आउँछ
दु:ख सुखको अनौठो रीत किन आउँछ
बल्लतल्ल मुटुको चोट निको हुँदै थियो
बल्झाउन उही पुरानो गीत किन आउँछ।

"मुक्तक"

उदास भनुँ भने म उदास पनि छैन
जिन्दगी मेरो आज  खास पनि छैन
यता उता भौँतारिएरै गयो जीवन यो
जीवित नै छु मुर्दा झैँ लास पनि छैन।

मझौला झ्याउरे

कविता :- "परदेशीको पीडा"

भत्भती पोल्छ छातीमा पीडा खटाउँ कसरी
देशको  माया  कति  छ  कति बताउँ कसरी
सँगाली राख्छु आँखामा आँसु रूँदिन भनेर
कठोर बन्छु द्यौताको पाउ छुँदिन भनेर
! !
सम्झना आयो त्यो डाँडा पाखा घरको मलाई
मनको व्यथा मनैमा रह्यो सुनाउँ कल्लाई
ती बुढी आमा के गर्दै होलिन् मलाई सम्झेर
साँझको बेला बालेर दियो रूँदीहुन् धर्केर
! !
आउला साहुँ ले भन्दै पैसा पर्खन भन्नु है
बाँझो छ खेत बाझै छ बारी यो साल खन्नु है
उमार्नु कोदो, फापर,गहुँ खेत र बारीमा
तिरौंला ऋण हे मेरी आमा अहिले पालीमा
! !
मिलाई छुट्टी दशैँमा घर आउँला फर्केर
दशैँको टिका लगाई दिनु अछेता छर्केर
सरर भन्दै डाँडाको पिङ्ग मजाले खेलौला
दु:ख र सुख बूढा र बूढी मिलेर झेलौला
! !
छोरा र छोरी बोकर हामी ओराली झरौला
ठूलो छ खोला पख है बूढी मिलेर तरौला
चौतारी आयो त्यो सानो झोला बिसाउँ तिमीले
पसिना बग्यो तातेको ज्यान चिस्याउँ तिमीले
! !
आमाको माया हियामा साँची रूँदैछ मुग्लान
भनेको बेला सकिन घर फर्केर म जान
हे मेरी प्यारी छोरा र छोरी सम्हाली राख्नु है
म फोन गर्छु रातीको बेला नसुती जाग्नु है

प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
हाल :- चेन्नेई भारत

Sunday, 18 March 2018

गजल

"गजल"

स्याँ-स्याँ भो बूढी म मर्छु होला
तलाई छोडी बसाई सर्छु होला
!!
नरोएस् एक्लै हुँदा एकान्तमा
सायद भोली बगर झर्छु होला
!!
पाप हैन पुण्य गरेको  छु मैले
सिधै स्वर्ग लोकमा तर्छु होला
!!
सँगैको सहयात्री छोडेर हिँडेछु
दोबाटोमा  अलपत्र पर्छु होला
!!
अजान ठाउँ,तिमी साथ   छैनौ
एक्लै त्यहाँ कसो पो गर्छु होला

प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
हाल :- चेन्नई भारत

Saturday, 17 March 2018

मुक्तक

"मुक्तक"

गाजलु नयन हातले छोपिदिन्छु रिसाए रिसाऊ मलाई के भो
जवानी मेरो तिमीमै पोखिदिन्छु रिसाए रिसाऊ मलाई के भो
स्वर्गकि परी झै लाग्छ तिमीले केश फिजाई मेरो समीप आउदा
लाली अधर बिस्तारै टोकिदिन्छु रिसाए रिसाऊ मलाई के भो

प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
हाल :- चेन्नई भारत

Friday, 16 March 2018

हिन्दी गजल

"गजल"

जिन्दगी में हर कोई खास नहीं होता
जो अपना हैं वो क्युं पास नहीं  होता
!!
एकबार गले से लगाओ तुम प्यार से
कसम वो फिर कभी उदास नहीं होता
!!
अब क्या कहूँ दुश्मन इस जमानेको
जो सो रहा हो बन्दा वो लाश नहीं होता
!!
मेहनत करके अपना गुजारा चलाता हूँ
मत भूलना खुशी का आभास नहीं होता
!!
मै सोचता हूँ अक्सर अकेले में बैठकर
क्या करता इंशान अगर सांस नहीं होता

प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
हाल :- चेन्नई भारत

हिन्दी गजल

"गजल"

झुकाकर पलकें मुस्कुराकर देखो
दिलमे प्यार थोडा छुपाकर देखो
!!
हम गुलाब कि तरह खिल जायेंगे
एक नजर जरा तुम उठाकर देखो
!!
जन्नतकि आवास  यही   मिलेगा 
जरा जवानी हम पे लुटाकर देखो
!!
आवारा था अब तो सुधर जाउंगा
मुझे अपने प्यारमे झुकाकर देखो
!!
ये दुनियां क्या है पता तब चलेगा
मेरे बारे में सबको सुनाकर देखो

प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
हाल :- चेन्नई भारत

कविता :- चुरोट

कविता :- "साच्चै म चुरोट भएको भए"

दु:खमा पनि काम लाग्ने,
खुशीमा पनि काम लाग्ने,
भट्टीमा पनि काम लाग्ने,
घरमा पनि काम लाग्ने,
विवाह, भोज, भतेर,
सानो, ठूलो, धनी, गरिब
चारैतिर मलाई खोज्थे
साच्चै म चुरोट भएको भए.....

जब म डब्बाको घरमा हुन्थेँ
बिस्तारै घरबाट झिकेर
दुईटा औंलामा च्यापेर
मलाई सबैले मायाले
'म्वाई' खान्थे म लजाई
रहन्थे र बिस्तारै लाज
छुपाउनलाई आफ्नै
जवानी लुटाई दिन्थेँ
मलाई माया गर्ने हजार
थिए सबैले आफ्नो साथमा
राख्थे.... साच्चै म चुरोट भएको भए

श्रीमती लाई छोडी अँगाल्थे,
बाबा आमालाई ढाटेर मलाई माया
गर्थे... अझ सबैको प्यारो रहन्थे

अझ भन्नु पर्दा किशोर अवस्थाका
युवतीहरूले मलाई हातले समाएर
चुम्बन गर्दा काउकुती लाग्ने थियो
म आफैलाई बिर्सिदिन्थे....
उनिहरूको खुशीको लागी
जलि दिन्थेँ, बलि दिन्थेँ
यो बैँस, यो जवानी
खुशी -खुशी लुटाई दिन्थेँ
साच्चै म चुरोट भएको भए.......

प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
हाल:- चेन्नई भारत

"म सुर्ती"

कविता :- "म सुर्ती"

पलास्टिक अथवा टिनको डब्बा
मेरो घर थियो,कही म एक्लै हुन्थेँ
कही "चुना" भन्ने साथी पनि हुन्थ्यो
म परिमाणमा "ऊ" भन्दा केही धेरै
मोटो रहन्थेँ... हामी मिलेर बस्थ्यौँ

प्रायः ८०% मानिसहरूले हाम्रो
अस्तित्व लुट्थेँ,  जब म सुतेको
हुन्छु तब मलाई तरुना देखी
लिएर बृद्ध सम्मकाले समाउथे
कोही गोरा, कोही काला,
कोही युवा, कोही अधबैँसे,
हुन्थे...  मलाई म सुतेको
घरबाट दुई जनाले समाएर
बाहिर निकाल्थे र ठूलो मैदानमा
लगेर राख्थे म यता उता हेर्थेँ
भाग्न कतै सक्दिन थेँ.....
ठूलो मैदानमा लगेर राखिएको
केही समय पश्चाता मलाई
यातना दिईन्थ्यो, आउथ्यो
कोही,मलाई माथिबाट थिचेर
रगड्थ्यो, म छट्पटाउथेँ,
कराउँथेँ मेरो पुकार कसैले
सुन्नि थिएनन् केवल "ताली"
पड्काउने हुन्थे प्याट प्याट प्याट

जब ताली बज्छ मेरो यातना
कम हुन्छ मलाई छोडिन्छ
रगड्न, ति मानवहरू
म माथी चडेर हल्लिन छोड्थे
म केही राहतको श्वास फेर्नै
लाग्छु तब पुनः दुई जनाले
समाउँथे र अँधकार गुफामा
लैजान्थे....

मलाई पत्तो हुदैन कहाँ
जादै छु,किन मलाई यातना
दिईयो...? मेरो गल्ती के हो..?
यसै बिचमा  दुर्गंध आउने
गुफामा लगिन्थ्यो.... ठूला ठूला
सेता पत्थरहरू पनि थिए
बिस्तारै लेगेर मलाई त्यो
गुफामाको एउटा कुनामा
ती दुई जनाले थेचारेर छोड्छन्
म चल्न सक्दिन, बोल्न सक्दिन
मलाई निचोरीन्छ, मेरो अस्तित्वको
बलात्कार गरिन्छ, मेरो खुन पसिना
चुस्न थाल्छन् र रमाउन थाल्छन्

भरपूर मेरो जवानीको रस चुसेर
अझैँ केही झर्छ कि भनेर यता उता
चलाउँछन्, निचोर्छन्, तर.......
तर मेरो जवानीको रस सकिएको
हुन्छ, मेरो अस्तित्व केही रहन्न,
अब मेरो केही महत्व रहदैन
अनि मलाई बिस्तारै त्यो
गुफाबाट खसालिन्छ अग्लो
भीरमाबाट म धेरै तल भुँईमा
आएर थेचारिन्छु
मलाई कसैले हेर्दैनन्
किनकी
म अस्तित्व लुटाई सकेको हुन्छु,
सबै थोक गुमाई सकेको हुन्छु,
न घर रह्यो, न साथी साथमा रह्यो,
यसरी जिन्दगी समाप्त गर्छु
" म सुर्ती " हजुर हो म सुर्ती.... ।

प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
हाल :- चेन्नई भारत

Thursday, 15 March 2018

मुक्तक

"मुक्तक"

गाजलु नयन हातले छोपिदिन्छु रिसाए रिसाऊ मलाई के भो
जवानी मेरो तिमीमै पोखिदिन्छु रिसाए रिसाऊ मलाई के भो
स्वर्गकि परी झै लाग्छ तिमीले केश फिजाई मेरो समीप आउदा
लाली अधर बिस्तारै टोकिदिन्छु रिसाए रिसाऊ मलाई के भो

प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
हाल :- चेन्नई भारत

Wednesday, 14 March 2018

मझौला झ्याउरे कविता

"कविता" :- चरीको दुर्घटना
लोक छन्द मझौला झ्याउरे

बगायो आँसु त्यो बुढो बाबा छोरो नै सम्झेर
कहाली लाग्दो घटना घट्यो रूदै  छ धर्केर
बाँच्दिनन् आमा देखेर लास छोराको   आँगन
त्यो छोरो सम्झि बोलाईन् आमा हे बाबु उठन
!!
पर्खिनु आमा आउँला फर्कि भनेर बोल्याथ्यो
छोराको चिनो केवल यौटा डढेको झोला थ्यो
हे दैव आज मलाई काल आएन किन हो
म भन्दा छोरो जानु नै पर्ने यो कस्तो दिन हो
!!
यो कालो दिन आउन रै'छ आकाश गर्जियो
खसेछ ठूलो जहाज भन्दा मुटु यो चर्कियो
आउछिन् छोरी भन्दा त झनै समस्या थपियो
नभेटी छोरी स्वर्गमा गै'न आँसु नै दर्कियो
!!
हे बाबा आमा यो जुनी यस्तै भएर गएँ है
दु:खमा साथी नबनि म त दैवको भएँ है
पाएछु भने म अर्को जुनी त्यो कोख पर्ने छु
बाबा र आमा देशको सेवा सदैव गर्ने छु
!!
हे दाजु भाइ हे दिदी बैनी आत्मा त्यो शान्ति होस्
सबैको नाम चम्कियोस् सधै धरामा कान्ति होस्
भुल्दैनौ यस्तो दुखद दिन मनमा बस्ने छ
सम्झेर सबै स्वर्गीय जती आँसु झन् खस्ने छ
!!
हार्दिक श्रद्धा सुमन छ है स्वर्गीय जतिमा
नपरून् कोही हे दैव बिन्ती दु:खको घडीमा
यो सबै देख्दा मुटु नै मेरो थरर काम्दै छ
छ कि त अझै छोराको सास बाबाले छाम्दै छ
!!

मझौला झ्याउरे कविता

कविता :- परी

परेली केश,बाटुलो माथ,सुन्दर देखियौ
स्वर्गकि परी साक्षात आज धरामा भेटियौ
देखेर तिमी यो मन मेरो रहेन ठाउँमा
जिन्दगी मेरो अर्पित गरेँ तिम्रो नै नाउँमा
!!
हँसिलो मुख, चुच्चो त्यो नाक गाँजलु आँखा छ
कोकिल कुण्ठ, मधुर स्वर झन् मिठो भाका छ
मिलेका आहा! लहर दन्त  ओठमा
लाली छ
श्रृंगार चट्ट सुहायो अझै कानमा बाली छ
!!
आकाश छुन निस्किए वक्ष हिमाल जसरी
उर्लेर  आयो बैँशको वेग थामौली कसरी
बारूली लाग्छ कम्मर तिम्रो मृग झैँ नयन
कहिल्यै   पनि  भएन यहाँ  मनमा चयन
!!
समीप बस्दै कोमल हात चुम्ने छ रहर
अनेकौं कुरा मनमा खेल्छ नखोल अधर
छ माया भनि खुलेर तिमी भन्दिए हुन्थ्यो'नि
म राजा तिमी चै रानी बन्दिए हुन्थ्यो'नि
!!
फिजाईँ केश हिड्दछौ जब अप्सरा लाग्दछ
बेचैन हुन्छ  मनमा   तब    निद्रा  नै भाग्दछ
बैँसालु रोग मनमा मेरो अग्लिदै गा'को छ
मनमा रह्यो गम्भीर कुरा मुटु झन् खा'को छ
!!

प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
हाल :- चेन्नई भारत

Saturday, 10 March 2018

हिन्दी गजल

"गजल"

जिन्दगी में हर  कोई खास नहीं होता
अपना हैं वो फिरभी  पास नहीं  होता
!!
एकबार गलेसे लगाओ किसिको यारों
कसम कभी भी  ओ उदास नहीं होता
!!
अब, क्या कहूँ में दुश्मन ये  जमानेको
सो'रहा हर कोई बन्दा लाश नहीं होता
!!
मेहनत करके अपना गुजारा चलाता हूँ
मत भुल्ना खुशीका एहसास नहीं होता
!!
में सोचता हूँ हर वक्त अकेलेमे बैठकर
इन्सान क्या करता था श्वास नहीं होता

प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
हाल :- चेन्नई भारत

हिन्दी गजल

"गजल"

झुकाकर पल्के मुस्कुराकर देखों
दिलमे प्यार थोडा छुपाकर देखों
!!
हम गुलाब के तरह खिल जाएगें
एक नजर जरा तुम उठाकर देखों
!!
स्वर्ग  कि  आभास यही   मिलेगा
जरा जवानी हम पे लुटाकर देखों
!!
में आवारा अब तो सुधर जाउंगा
मैं लैला तुम मजनू बताकर देखों
!!
अरे ! दुनियां क्या हे पता  चलेगा
हमारा प्यार सबको सुनाकर देखों

प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
हाल :- चेन्नई भारत

मुक्तक

"मुक्तक"

सपनीमा आउँछ्यौ सताउँछ्यौ जान्छ्यौ
प्रेमिल  कुराले सधै तताउँछ्यौ जान्छ्यौ
मनमा हलचल गराएर प्रेम भाव भराएर
म तिम्रै रानी हुँ भन्दै बताउँछ्यौ जान्छ्यौ

प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
हाल :- चेन्नई भारत