Tuesday, 28 November 2017

गीत :- सुकोमल ती हात... सुकोमल ती हात समाएको छैन यो मुटु तिमीलाई थमाएको छैन सुकोमल ती हात.......... लाग्थ्यो रहर एकान्तमा भुल्न समाई हात तिम्रो यता उता डुल्न अझै सम्म तिमीलाई सताएको छैन सुकोमल ती हात समाएको छैन..... तिम्रै नाउँ मैले गरेँ मेरो जिन्दगी यो ढुकढुकीले सताउँछ पागल सरी पो तिम्रो तस्बिर मुटुबाट हटाएको छैन सुकोमल ती हात समाएको छैन... सुकोमल ती हात समाएको छैन यो मुटु तिमीलाई थमाएको छैन.....

मुक्तक प्रचण्ड छ ताप हिया यसै जल्ने नै भयो अग्नि समीपमा मैन पनि गल्ने नै भयो जब हुन्छौ बन्द कोठामा तिमी अनि म सहन नसकि प्रकाश पनि ढल्ने नै भयो

Thursday, 23 November 2017

मुतकारीब :- १२२ १२२ १२२ १२२ गरौँ देशको ख्याल राम्रो हुने छ बढाऔँ सही चाल राम्रो हुने छ ।। मिची साँध भारत बढेको छ जै'ले बनौ देशको ढाल राम्रो हुने छ ।। लुटेकै छ टिस्टा,अझै लुट्छ होला लगाए त पर्खाल राम्रो हुने छ ।। घमण्डी बने हानि आफ्नै हुने हो बरू दु:ख डर फाल राम्रो हुने छ ।।

मुतकारीब १२२×४ उचालेर पाउ चलेको छ यात्री शिखर चुम्नलाई बढेको छ यात्री ।। बदल्नै छ मैले यहाँको रिवाज यही सोच राखी हिडेको छ यात्री ।। थियो साथ जहिल्यै सफरमा हिडेको एकाएक टाढा सरेको छ यात्री ।। भयो द्वन्द्व देशमा लडौला म भन्थ्यो बिचारा नलड्दै हटेको छ यात्री ।। सफरमा अनेकौँ व्यथा झेल्नु पर्छ समस्या हजारौं सहेको छ यात्री ।।

कविता :- "फरक स्वाद र लामखुट्टेको सोच" - प्रकाश पाठक "योगी" बच्चा देखी लिएर बूढा सम्म, कालो देखी लिएर गोरो सम्म, केटा देखी लिएर केटी सम्म, त्यो भर्खर सोह्र सत्र बर्षे युवा युवतीहरूको अनि धनी र गरीबहरूको रगतको स्वाद चाखेर म विचार गर्थेँ राम्राको रगत मिठो कि नराम्राको मिठो घुम्ने कुर्सी माथी बसेर "जर्ज" गर्थेँ.. ठूला ठूलाको रगत पनि चुस्थेँ नेताको पनि रगतको स्वाद चाख्थेँ रुख बहादुरको, घाम बहादुरको, हसिया र हथौड़ा बहादुरको, गिलास बहादुरको र विभिन्न यस्तै बहादुरको रगत चाखेर मुल्यांकन गर्थेँ म आखिर कुन बहादुरको रगतमा स्वाद छ त....? अनि फेरी आफ्नो श्रीमती घरमा छोडेर पर स्त्री र श्रीमान विदेश भएको बेला पर पुरुष सँग जोडीएर सुतेका पुरुष र महिलाको, जवानी भरीएको रगत चाखेर म जर्ज गर्थेँ आखिर किन यसरी बिग्रन्छन्....? त्यो रगत फरक छ र....? परदेशी बूढाको रगतमा जवानी छैन...? घरमा बाटो कुरेर बसेकी श्रीमतीको रगतमा जवानी र जोश छैन्....? फेरी शुक्रराज,धर्मभक्त, गंगालाल र दशरथ चन्द्र चार सपूतको रगत चाख्थेँ र विश्लेषण गर्थेँ म घुम्ने कुर्सीमा बसेर स्वाद कुनमा छ....? फलानो बहादुरको रगत चाखेँ, ढिस्काना बहादुरको रगत चाखेँ, मध्यम वर्गको रगत चाखेँ, सम्पन्न वर्गको रगत चाखेँ, विपन्न वर्गको रगत चाखेँ र विश्लेषण गरेँ किन यौटै स्वाद भएको रगत पनि अलग-अलग विचारका छन्...... ? नेताहरूको विचार फरक, जनताहरूको विचार फरक, हरेक ब्याक्तिहरूको विचार फरक अरू त अरू यौटै आमाको सन्तानको पनि विचार फरक..... सबैको रगत यौटै स्वादको छ..... तर फरक स्वाद छ त मनको विचारको सोचको भावनाको साथै पुरै मानिसको छ.....

"आहा" झ्यापै आँखा सन्कायौ आहा दिलमा आगो दन्कायौ आहा कस्तो काऊकूति लाग्यो आज यौवनको ध्वनि घन्कायौ आहा "योगी"

"मुक्तक" सधै यादहरु पठाएर सताउन थालिछ्यौ मिठा - मिठा बातले मताउन थालिछ्यौ भोली समाजको बात लाग्ला होश गर है खुल्लम-खुल्ला माया जताउन थालिछ्यौ !! - प्रकाश पाठक "योगी" चितवन-१-जगतपुर. हाल- चेन्नई भारत

Wednesday, 22 November 2017

मुतकारीब १२२×४ लुटायौ जवानी शहरमा तिमीले धनी बन्छु भन्ने रहरमा तिमीले ।। लुकाएर पीडा रमायौ कसोरी ? बिताएर यौवन कहरमा तिमीले ।। सधै आँसु झार्दै सहेरै बसिछ्यौ खुशी साथ रम्ने ठहरमा तिमीले!! गए दूर स्वामी हराए कता खै बस्यौ नित्य पर्खी डहरमा तिमीले ।। गयौ दूर तिमी पियौ बिष रमाई यहाँ मुक्ति देख्यौ जहरमा तिमीले ।।

कविता :-

कविता :- रगत कालो हुनु पर्ने

पुरुष अनि महिला,
काला अनि गोरा,  
धनी अनि गरीब,    
तर 
गरीबीको रगत रातै छ, 
धनीको रगत रातै छ,
कालोको रगत रातै छ,
गोरोको रगत रातै छ, 
पुरुषको रगत रातै छ, 
महिलाको रगत रातै छ, 
छ सबैको रगत रातै छ         
तर  विचार किन कालो छ.....? 
रजस्वला भएको  महिलालाई दूर दूर गर्नु, 
अछुत भनेर दूर दूर गर्नु, 
भिखारि भनेर दूर दूर गर्नु, 
साच्चै विभेद हैन त......? 
समाज यति साह्रै अन्धो छ 
वा अन्धो बन्ने नाटक गर्दै छ. ?
बुझ्न निक्कै कठिन रै'छ       
कारण
विवाह पूर्व गर्भवती भएकी महिलाले भन्छिन् यो गर्भ  फलानोको हो भनेर         
तर 
समाजको नजरमा  सधै महिलाको गल्ती  ठहरीन्छ  भनिन्छ त्यो स्त्री खराब, 
कस्तो परिवार होला जन्म दिने, 
यद्यपि जहाँ पुरुष र महिला  जवानीको आवेगमा वहकीएर रहेको हुन्छ । जहाँ यौवनको  आगो ठण्डा पार्न तत्पर पुरुष  पनि  उत्तिकै तयार थियो र  महिला पनि उत्तिकै.....    आखिर किन.....?  मतभेद.........?  किन विभेद..........?  साँच्चै विभेद र मतभेद गर्नेहरूको रगत रातो होईन कालो हुनु पर्ने हो  तर  कसरी भयो रातो.......?

Saturday, 18 November 2017

कविता

कविता :- न म हनुमान न त शक्तिमान

               -   प्रकाश पाठक "योगी" 
आँखा खोलेर 
जब म  विहानीको  रविलाई
स्पर्श गर्छु  तब
हरेक विहानी प्रहरमा 
यौटै सोचमा घोत्लिन्छु... 
साच्चै म "शक्तिमान"भए
यत्र-तत्र छरीएका,  
चारै तिर बरालिएका, 
अर्थहीन ब्यक्ती, 
ठेगान लगाउथेँ 
जसरी
अर्थहीन सामानलाई
मानिसहरूले  मिल्काए झैँ
म पनि मिल्काउथें 
र भन्थेँ
"कसिङ्गर बढी भएछ...
बाढीमा डुबेकाहरूलाई बचाई दिन्थेँ,
भोका नाङ्गाहरूलाई 
गास र बासको बन्दोबस्त गरी दिन्थेँ,
भुकम्पले रूवाएकाहरूको 
आँसु पुछि दिन्थेँ, 
गाँउ- गाँउ पुगेर  अवलोकन गर्थेँ
कहाँ को रोएको छ भनी,
परदेशमा "बिरे"रुन पर्थेन, 
स्वदेशमा आमा रून पर्थेन, 
देशमै कलकारखाना बनाई
सबै "बिरेहरूलाई" रोजगार दिन्थेँ, 
महङ्गीले आकाश छुनै लाग्दा
महङ्गीलाई समातेर भुँईमा पछारी दिन्थेँ
साच्चै म शक्तिमान भए, 
के के गरिदिन्थेँ         
तर 
बिडम्बना  न म शक्तिमान,  
न म बुद्धिमान, 
न म हनुमान,
न म धनमान,
चाहेर पनि उठ्दैनन् 
जमीनमा टाँसिएका  चिसा पैतालाहरू
उठुन पनि कसरी...?
उठ्न र कदम बढाउन शक्तिमान हुनु पर्यो,
धनमान हुनु पर्यो,
हनुमान हुनु पर्यो,
न म हनुमान, 
न त शक्तिमान....

Friday, 17 November 2017

"मुक्तकहरू" (१) झर्यो कमाउन "मदन" खासामा झर्यो टन्न हुन्छ धन भन्ने अभिलाषामा झर्यो विदेशीहरूले यस्तै खबर बताए सधै छोडेर मुना, धनी बन्ने आशामा झर्यो (२) आई रहन्छ उतार चढाब जिन्दगीमा यार परि रहन्छन् दु:ख र पीडाहरू बारम्बार हरेस नखाई चल्ने शिखरमा पुग्छ जै'ले लड्खडाए पनि कदम चाल्नु पर्छ लगातार (३) बरू सदाको लागी सत्रु ठानेको भए हुने मोहीनी लगाई टुना गरी बानेको भए हुने एक्कासी राम्रो हुन्न भन्छ्यौ सम्बन्ध हाम्रो बोल्नुपूर्व छुरा मुटुमा सिधै हानेको भए हुने (४ रातो साडी लगाएर कता हिड्यौ तिमी चिईङ्गम पनि खाएर कता हिड्यौ तिमी म भने मरी हत्ते गर्ने तिमीलाई पाउन अर्कैलाई समाएर कता हिड्यौ तिमी (५) मैले पनि के जिस्क्याएँ दिल दिएर मरी मेरै मायामा सियो झैँ ऊ त खिएर मरी भेट्न जाँदा छोराछोरी देखेँ म फर्किएँ समाचार सुन्छु ऊ त जहर पिएर मरी (६) दिल दिएर अनि मुस्कान दिएर पछि लागेँ तिम्रो म ज्यान दिएर राख्नु खस्न नदिनु माथबाट सधै सिन्दूर हूँ सम्हाल सम्मान दिएर

''गजल" जब ढल्छ रवि साँझमा भट्टी धाउन मन लाग्छ । भुल्न मनको पीडा बोतल समाउन मन लाग्छ ।। बैगुनीले छिया-छिया बनाएर मुटु मेरो लगे पछि मल्हम सुरा बनाएर ती घाउमा लगाउन मन लाग्छ ।। आइरहन्छन् झझल्कोमा तिम्रा घातक बिम्बहरू समाई तिमीलाई दिलको हाल बताउन मन लाग्छ ।। छट्पटिमै बित्यो हरेक रात,अनिदो छ आँखा अझैँ फेरी रहने श्वास मैले भित्र भित्रै दबाउन मन लाग्छ ।। मनमा चोट बढी भयो,लाग्छ आज अन्तिम घडी भयो पिएर जहर सारा दु:ख पीडा लुकाउन मन लाग्छ ।।

Sunday, 5 November 2017

छन्द - कालो पर्वत सूत्र - SSS llS lSl SS गण – म स ज गु.गु. विश्राम – ६ अक्षरमा आऊ कम्मर लौ कसौँन हामी माया गर्छु सँगै बसौँन हामी !! बढ्दै पो छ चिसो निकै यहाँ त ए बूढी घरमा, पसौँन हामी !! फोका हात भरी,छ दर्द खिल्मा आऊ मल्हम लौ, घसौँन हामी !! अत्याचार गरी, सताउदा क्वै धारीलो खुकुरी, धसौँन हामी !! हेर्छन् सत्रु यहाँ, लुटेर खान कालो नाग बनी, डसौँन हामी प्रकाश पाठक "योगी" भरतपुर २३ जगतपुर हाल :- चेन्नई भारत

"स्वतन्त्र गजल" मिथ्या कुराहरू गरेर सतायौ खाली कोठामा झरेर सतायौ !! म हुन्न भन्छु बारम्बार जहिले समाउदै हात वर सरेर सतायौ !! रिसाए झैँ गर्दा लाग्दछ माया झनै कस्तो आँखा तरेर सतायौ !! कोशेली रै'छ गाउँबाट ल्याएको खान्न भन्दा मदीरा भरेर सतायौ !! लुट्नु थियो मैले ,सकिन डरले चुम्बनले मेरै इज्जत हरेर सतायौ प्रकाश पाठक "योगी" भरतपुर २३ जगतपुर हाल :- चेन्नई भारत

स्वतन्त्र गजल उठाए यहाँ मुद्दा तर छिनोफानो छैन बूढी पोईला गा'को कुरा हो सानो छैन !! कमाएको सबै धन् प्यारीलाई पठाएँ लगिछे कुम्ल्याएर अन्नको दानो छैन !! भुकम्पले र बाढीले तितर-बितर पार्यो पेटभरि खान र ओत लाग्ने छानो छैन !! सरकार तँ किन यसरी निदाएको छस् ति झुपडीमा हेर अनाजको मानो छैन !! मेरी प्यारी को सँग पोईला गई भन्दा भलाद्मी भन्छन् तल्लाघरे फलानो छैन