Monday, 30 April 2018

स्वतंत्र गजल

गजल

नदी लाख उर्लोस् सागर बन्दैन
मानव झैँ कदापि  बाँदर बन्दैन
!!
शंका बढी आचरण खराब हुँदा
स्त्री-पुरुषको कुशल  घर बन्दैन
!!
सदैव बिचार पुर्याएर कार्य गरौं
नत्र, इज्जतको  धरोहर  बन्दैन
!!
बैँशमा मोज गर्दै नहिँड है  प्रिया
बुढेशकालमा गतिलो थर बन्दैन
!!
व्यथा साँची नाता नजोड्नु कतै
पीडामा कै'ले राम्रो सफर बन्दैन

प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
          चितवन
हाल :- चेन्नई भारत

Thursday, 26 April 2018

कविता :- हिरो

कविता :- "हिरो"

चुस्स बोके दाह्री
कानमा मुन्द्रा
खैरो कपाल
पहेला दाँत
ह्वास गनाउने
श्वास
कसोरी वर्णन
गरौं खै म
शेष नागले त
सकेनन् म कसोरी
सकूँ वर्णन गर्न
हे दैव साच्चै
'ऊ' हिरो हो
फेसबुकमा
चिनापत्र नै छ
ठूलो अक्षरमा
  
"हिरो"

Wednesday, 25 April 2018

मुतकारिब गजल

"गजल"

अधूरो  छ  माया म गाढा छ भन्थेँ
भयो  अन्धकार  म तारा  छ भन्थेँ
!!
भयौ  दूर  जै'ले  छ  पीडा हियामा
छदै  छैन  केही  म  माया छ भन्थेँ
!!
उनै शत्रु कङ्श थिए खास  आफ्नै
रमाएर   जै'ले  म  मामा  छ  भन्थेँ
!!
सबै  मर्न खोज्थे  यहाँ चुड्न पुष्प
डराएर भाग्थेँ   म काँडा  छ  भन्थेँ
!!
छ कस्तो नेपाल  मलाई  सोधे क्वै
नदी,ताल,झर्ना  म  छाँगा छ भन्थेँ

बहर :- मुतकारिब

Friday, 20 April 2018

कविता

कविता :- मेरी पियारी

हे मेरी काली आँखी भौँ फाली मज्जाले रमायौ
चियामा नुन हालेको चिया ल्याएर थमायौ
जमाना कस्तो आएछ लौन गाह्रो छ मलाई
भान्छामा भात डढेको देख्दा के भनौ कलाई? 
!!
पियारी मख्ख चलाई फोन बसिछिन् निर्धक्क
हे दैव! आज प्रियाको  चाल बनायो है छक्क
जमाना कस्तो थुतुनो  बाङ्गो  शरीर छ नाङ्गो
संस्कृति उस्तै बनेको छ झन् धरामा उदाङ्गो
!!
के आयो फोन भन्ने यो  बस्तु संसार दङ्ग छ
अरू त छोडौ बूढी नै हेरौँ झन् कति मख्ख छ
मदन साच्चै मुनाको कथा लेख्ने नै थिएन
यो  फोन भए मदन मुना  देख्ने  नै थिएन
!!
रातो छ केश ओठमा लाली के गर्या ए काली
म  केही  बोलेँ  रिसाई बस्छे थुतुनो उचाली
छोरा र छोरी बिग्रिए उस्तै आमाको सिको छ
वचन ओहो!  म के नै भनौँ साह्रै नै तिखो छ
!!
लगाई जामा बुढेश  काल्मा ढल्किदैँ हिड्दछे
कालो छ छाला लगाई क्रिम टल्किदैँ हिड्दछे
सकिन  मैले   सुधार्न    बुडी   उपाय चाहियो
विवाह   गरी   हे    दैव   झनै दु:ख  पो पाईयो

प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
हाल :- चेन्नई भारत

"छन्द गजल"

छन्द :- घिमिगेला
गण :- ज त य य
सूत्र :- isi ssi iss iss
विश्राम :- ५ मा

अचम्म बन्ला   रमिता जिन्दगीमा
म लेख्छु यौटा कविता जिन्दगीमा
!!
खुशी छु भन्दै सकियो जिन्दगी यो
हजार   बेथा   छ तिता जिन्दगीमा
!!
नसोध  जै'ले   सकिए  बात  जम्मै
सधै छ  प्यारो अनिता  जिन्दगीमा
!!
खुशी छु जाद्रै  भगवान् भेट भो झैँ
भएर माता  र  पिता    जिन्दगीमा
!!
म भाग्यमानी जति नै रै'छु ओहो!
नसीब  पर्या छ  चिता जिन्दगीमा

प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
           चितवन
हाल :- चेन्नई भारत

Tuesday, 17 April 2018

बहरे गजल

"गजल"

दियौ चोट  कैयौँ  मरौँ  झैँ  हुँदैछ
बगरमा  म  आजै  झरौँ झैँ हुँदैछ
!!
कतै  छैन  माया  सधैँ दु:ख पाएँ
खुशी खोज्न अन्तै सरौँ झैँ हुँदैछ
!!
भयो  घात  ठूलो  उसैबाट  जै'ले
हुँदै  मौन  खोली  तरौँ   झैँ हुँदैछ
!!
यसै बस्छु खान्छु छँदै छैन धन्दा
कुनै  काम राम्रो  गरौँ  झैँ  हुँदैछ
!!
म हैरान भा'छु छ बाँझो धरा यो
मकै,जौँ  गह्रामा  छरौँ झैँ  हुँदैछ

प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
हाल :- चेन्नई भारत

मुक्तक

"मुक्तक"

दुख्न सक्छ चित्त,हुन सक्छ पीडा, नजानु है टाढा
वचन बन्ला तुच्छ,शब्द होला घृणा, नजानु है टाढा
हर्षमा पनि साथी दु:खमा पनि साथी आँसु नै रहेछ
खुशी  दिन सधै मैँ आफै झरी दिँदा नजानु है टाढा

प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
हाल :- चेन्नई भारत

Monday, 16 April 2018

"स्वतन्त्र गजल"

"गजल"

मानव हौँ हामी नगरौं अँहङ्कार
काल सामु पर्दा सबको हुन्छ हार
!!
बोल्दा विचार गरेर बोल्नु सधैँभरी
प्रेमील बोलिमा पनि हुने रै'छ धार
!!
माया जागेर  तिमीलाई बोलाएको
रीस उठ्दैमा भन्नै पर्दछ त मुर्दार ?
!!
मन पढ्न सिक्नु झुक्काउँछन् यहाँ
आफ्नै शत्रु जस्तै हुनेछन् खुङ्खार
!!
प्राप्ति मात्र नहुने रै'छ यहाँ मायामा
बुझे बाँच्न सरल छ यो पापी संसार

प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
हाल :- चेन्नई भारत

Sunday, 15 April 2018

स्वतंत्र गजल

"स्वतन्त्र गजल"

के थियो चाहना, झर्किएर गयौ
आयौ भेट्न पुनः फर्किएर गयौ
!!
बगर बनि नदीलाई पर्खिएर बसेँ
सागर भेट्ने होडमा तर्किएर गयौ
!!
एउटै थियो  मन   ढुकढुकी एउटै
खै के भेट्टायौ अन्त  चर्किएर गयौ
!!
सधैँ पूजापाठ गर्थ्यौ के भो आज
मेरै  नामको टिलो   छर्किएर गयौ
!!
सकिनौ बाहिरिन  घोच्यौ  हियामा
आँसु बनी आँखाबाट दर्किएर गयौ

प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
हाल :- चेन्नई भारत

स्वतंत्र गजल

"स्वतन्त्र गजल"

चालेका हरेक कदम रोकेर बस्यौ
भुँइमा पाउ आफ्नै   ठोकेर बस्यौ
!!
यथार्थ नबुझी  रिसायौ  एकाएक
क्रोधको भारी बनाई बोकेर बस्यौ
!!
न्याय गर्छौ कस्तो एकतरफा मात्र
तँ होस् दोषी  भन्दै  तोकेर  बस्यौ
!!
थिएँ काममा  ब्यस्त गर्यौ शङ्का
भन्दछ्यौ  टन्न रक्सि धोकेर बस्यौ
!!
दाईजोको बहानामा  बुहारी कुटेर
महिला  हिँसा भन्दै खोकेर  बस्यौ

प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
हाल :- चेन्नई भारत

Thursday, 12 April 2018

मुक्तक

मुक्तक

उतार  चढाव जिन्दगीमा सधैभरि आइरह्यो एका-एक
थोरै खुशी थियो तर पीडाले सधै समाइरह्यो एका-एक
बिर्सन खोज्दछु,मेटाउँन चाहन्छु,मनको घाउ अब मैले
नियतिले बारम्बार सत्रु बनेर चुक लगाइरह्यो एका-एक

प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
हाल :- चेन्नई भारत

मुक्तक

"मुक्तक"

मनमा हजारौं हजार रहर उर्लिएको बेला
दुनियाँको मनभरि  जहर उर्लिएको बेला
प्रेमको महासागरमा  हामी दुई डुब्दै थियौं
प्रेमको विरुद्ध सारा शहर उर्लिएको बेला

प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
हाल :- चेन्नई भारत

Monday, 2 April 2018

"मुक्तक"

"मुक्तक"

छचल्किन्छ  आँसु  हाँस्न भन्छन् कोही
अतीतका ती खुशी मास्न भन्छन् कोही
आफूले साथ पाए,अरूको हात समाए
मलाई'नि अन्त नाता गाँस्न भन्छन् कोही
!!

"मुक्तक"

पोखिएको छ आँसु सँगाल्न सकिन
सधै दु:ख  छ खुशी अंगाल्न सकिन
तिमी दूर हुँदा नि  किन आउँछ याद
हियामा बस्यौ हिया पगाल्न सकिन

प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
हाल :- चेन्नई भारत

गजल

"गजल"

सधै मालिले हेला गरेपछि के भनौँ
पुष्प  नै वृक्षबाट  झरेपछि के भनौँ
!!
बिदाईका ती हात सहजै हल्लाउछन्
स्वयं एक्लै खोली  तरेपछि के भनौँ
!!
जिउँदो छँदा चासो राखेनन् कसैले
याद गरेर  बस्छन् मरेपछि के भनौँ
!!
मैले छुँदा पीडा हुने तिमीलाई  प्रिया
पर पुरुषको काख सरेपछि के भनौँ
!!
'योगी' पनि 'योगी'रहने छैन कदापि
यत्र-तत्र प्रेम भाव छरेपछि के भनौँ

प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
हाल :- चेन्नई भारत

स्वतन्त्र गजल

"गजल"

नबोलूँ भन्छु किन किन बोल्न मन लाग्छ
छुचो भने पनि यो मुख खोल्न मन लाग्छ
!!
साँच्चै अप्सरा जस्तै लाग्छ उनी ‌रिसाउँदा
र त यहाँ सदैब दुश्मनी मोल्न मन लाग्छ
!!
दु:ख र सुखको मिलन रहेछ यो जिन्दगी
रोदन सँगसँगै थोरै हाँसो घोल्न मन लाग्छ
!!
चुमी दिन्छ्यौ अधरमा  समीप हुँदा जै'ले
त्यसैले तिमीलाई सधै पिरोल्न मन लाग्छ
!!
कस्तो अभागी  खप्पर सधैँ दोष  पाउँछु
र त बनेको काम'नि बिथोल्न मन लाग्छ

प्रकाश पाठक ''योगी"
भरतपुर २३ जगतपुर
हाल :- चेन्नई भारत

गजल स्वतन्त्र

"गजल"

सधै मालिले हेला गरेपछि के भनौँ
पुष्प  नै वृक्षबाट  झरेपछि के भनौँ
!!
बिदाईका ती हात सहजै हल्लाउछन्
स्वयं एक्लै खोली  तरेपछि के भनौँ
!!
जिउँदो छँदा चासो राखेनन् कसैले
याद गरेर  बस्छन् मरेपछि के भनौँ
!!
मैले छुँदा पीडा हुने तिमीलाई  प्रिया
पर पुरुषको काख सरेपछि के भनौँ
!!
'योगी' पनि 'योगी'रहने छैन कदापि
यत्र-तत्र प्रेम भाव छरेपछि के भनौँ

प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
हाल :- चेन्नई भारत

स्वतन्त्र गजल

"गजल"

एक्लै सागर तर्छु भन्यौ केही बोलिन
आजै बेसी  झर्छु भन्यौ केही बोलिन
!!
तिम्रो खुशी हमेशा  देख्ने रहर थियो
मनले चाहेको गर्छु भन्यौ केही बोलिन
!!
सर्वस्व रैछौ तिमी भगवान् किन भनेनन्
शहरमा बसाई सर्छु भन्यौ केही बोलिन
!!
जाद्रै भयो सिमा नाघ्दा रीसले म बोलेँ
पासो लगाएर  मर्छु भन्यौ केही बोलिन
!!
उठाएँ झोला बा'आमा सम्झी गाउँ हिड्दा
मलाई लानु एक्लै पर्छु भन्यौ केही बोलिन

प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
हाल :- चेन्नई भारत

मुतकारिब गजल

"गजल"

मनैमा  छ  पीडा  हिया यो दुखेर
गयौ  आज   टाढा मलाई  थुकेर
!!
म माली हुँ भन्थ्यौ भयो के बताऊ
बगैँचा यो त्यागी  हिड्यौ  है उठेर
!!
सधै राज गर्छ्यौ म माथी तिमीले
यहाँ  बस्न  गाह्रो  छ  नाता  टुटेर
!!
थिएँ  लास  जस्तै  भुँईमा ढलेको
पस्यो  प्राण   मेरो  अधरमा चुमेर
!!
भयो दु:ख जै'ले बचनको प्रहारले
यहाँ  रून्न  भन्थेँ   म  रोएँ   दुखेर

प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
हाल :- चेन्नई भारत

"स्वतन्त्र गजल"

"गजल"

लुकाएर  राख्नु है टिपेर   लैजालान्
बगैँचाको  फूललाई चुँडेर लैजालान्
!!
गहना  हो  इज्जत स्वयम् बचाउनु
जबर्जस्ति  यहाँ  लुछेर  लैजालान्
!!
पीर  नगर्नु पियारी  ठूला  भए  अब
छोराछोरीले  मकै  भुटेर  लैजालान्
!!
खबर  गर्न नपाए  म मरेको  पियारी
बुझ्नु है त  शङ्ख  फुकेर लैजालान्
!!
कति सत्रु  छन्, कति मित्र छन्  मेरा
श्रद्धाञ्जलीमा पुष्प सोचेर लैजालान्

प्रकाश पाठक ''योगी"
भरतपुर २३ जगतपुर
हाल :- चेन्नई भारत