"गजल"
तोड्यौ नाता अरू कोही पाए पछि
खाजा नास्ता सबै उस्कै खाए पछि
! !
म मरेतुल्य छु जब देखेँ उसको साथ
उस्कै नामको सिन्दूर पोते लाए पछि
।।
बगर थिएँ म, सधैँ बगर नै बनिरहुँला
नदीले सागर भेट्ने होड समाए पछि
।।
सिनो खोस्ने गिद्ध आज मौन बस्दै छ
किन लुछोस् अब लुछेरै अघाए पछि
।।
आखिर काटियो बेकशुर मनुष्यबाट
भाले निदायो सारा जगत उठाए पछि
प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
नेपाल
No comments:
Post a Comment