Wednesday, 14 November 2018

गजल

गजल

फुलेर फलेर झरेको हुँ जै'ले
तिम्रो लागी  मरेको  हुँ जै'ले
! !
झैँ झगडा  गर्ने  गुण्डा ठान्यौ
फकाउन जोर गरेको हुँ जै'ले
! !
आखिर काँडा नै सोच्यौ पुष्प
मैले प्रेम भाव छरेको  हुँ जै'ले
! !
साच्चै पिउने कोही छ भट्टीमा
मैले त  यस्सो भरेको  हुँ जै'ले
! !
बलात्कारको लागेछ  आरोप
बैनी भन्दै  दूर सरेको हुँ जै'ले 

प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
चितवन नेपाल

No comments:

Post a Comment