गजल
उजाड बस्तीमा खुशी छाएको छ
परदेशमा हराएको पूत्र आएको छ
! !
बुढी आमा अचम्म परिन र हेरिन्
बर्षौ पछि कसैले पाउ समाएको छ
! !
निक्कै चमक छायो वृद्धको नयनमा
कसैले "आमा'' भन्दै बोलाएको छ
! !
बाँझो जमीनले आशिष दिन्छ पक्कै
किसानले कुटो कोदालो उठाएको छ
! !
मैले मूर्तरूप दिएँ तोरिलाई उमार्नलाई
गुन बिर्स्यो मेरो लाश जल्न सघाएको छ
प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
चितवन नेपाल
No comments:
Post a Comment