मुक्तक
बहर :- मुतकारीब
भयो प्यार गाढा नगर्नुस् मलाई
अंगालो भरी लौ नभर्नुस् मलाई
कसैको म नाशो हुँ बुझ्नुस् तपाईँ
सधैँ प्रेम जाल झैं नछर्नुस् मलाई ।
प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
चितवन
"मुक्तक"
मैले माया गर्दा पनि तर्किएर हिड्ने तिमि
मिठो बोलि बोल्दा झर्किएर हिड्ने तिमि
आखिरीमा रमिता देखाएरै छाडेउ तिम्ले
समिपैमा हुदा म सर्किएर हिड्ने तिमि !!
मैले माया गर्दा ............
धेरै पछी गजल भनेर कोरे है त ? गजल सललल बगेको त छैन तर पनि गजलै भन्न मन
लाग्यो । जे जस्तो लाग्छ खुलेर भन्नुहोला हे त ?
$$$$$गजल$$$$
मेरो मनमा आगो सल्काएर कहॉ हिड्यौ सानि ?
बारूलि कम्मर त्यो ढल्काएर कहॉ हिड्यौ सानि?
!!
तिज गयो,दशै गयो र गैसक्यो तिहार पनि
धपक्क रातो सारी झल्काएर कहॉ हिड्यौ सानि ?
!!
खै कसरि वर्णन गरू म ?तिम्रो त्यो मुहारको ?
फुलबारिमा मौरि पल्काएर कहॉ हिड्यौ सानी ?
!!
बिस्तारै जवानिको ऑकुरा आउदै रैछ तिम्रो
यौवनको त्यो रस छल्काएर कहॉ हिड्यौ सानि ?
!!
यो बिहानिको सित-लहरिमा एक्लै-एक्लै तिमि
चन्द्रमा जस्तो मुहार टल्काएर कहॉ हिड्यौ सानी ?
!!
प्रकास पाठक योगि
चितवन 1 जगतपुर
हाल=चेन्नै
No comments:
Post a Comment