बिधा :- गजल
बहर :- मुतकारीब मुसम्मन सालिम
सूत्र :- १२२ १२२ १२२ १२२
विश्राम :- ६ अक्षरमा
[ गजल ]
सधैँ हिड्नु होला थमाएर खुट्टा
उचालेर ढाल्छन् समाएर खुट्टा
! !
खुशी थोर मिल्दा अचम्मै बनेर
नचाल्नुस् कसैले रमाएर खुट्टा
! !
तिमी आँट गर्दै केही धैर्य गर्नु
शिखरमा पुगिन्न कमाएर खुट्टा
! !
उँभो लाग्छु भन्दा खसाले समाई
म बस्नै नजान्दा जमाएर खुट्टा
! !
सधैँ बोल्छ टाठो हुँ भन्दै पुरूष
बुढीलाई जै'ले छमाएर खुट्टा
प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
चितवन नेपाल
No comments:
Post a Comment