Wednesday, 14 November 2018

मै हूँ गजल

"स्वतन्त्र गजल"    

मैँ हूँ सर्वेसर्वा,पालेर अहम मनमा
के ज्ञान बाढ्छौ खै मनुष्य जनमा
!! 
मतिभ्रष्ट हुन्छ दुर्जनको संगतले हेर
कति गर्मी अनि अहङ्कार छ धनमा
!! 
धनकै लागी राम र लक्ष्मणमा  फाटो
सर्वगुणी बनी लागे राम स्वयम् वनमा
!!
कंश थिए  मामा आखिर  कृण्ण कै
कूविचार पालेका रै'छन सधै तनमा
!!
सार्यौ पाउ अन्त खुशी खोज्दै प्यारी 
भुलिछ्यौ खाएको कसम   लगनमा

प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
हाल :- चेन्नई दक्षिण भारत

No comments:

Post a Comment