"गजल"
सबै क्रोध मैले जलाएर आएँ
टिपी पुष्प मन्दिर चढाएर आएँ
! !
थियो चोट लाखौं भयो बाँच्न गाह्रो
हिया आज ढुङ्गा बनाएर आएँ
! !
दिँदा पुष्प मैले लगी दूर फालिन्
रुँदै पुष्प आफै उठाएर आएँ
! !
विहे रै'छ उनको भएँ मौन आखिर
गई काम धन्दा सघाएर आएँ
! !
लिई चोट दिलमा म बाँचौं कसोरी
जहर प्युँछु भन्दै मगाएर आएँ
! !
नाम :- प्रकाश पाठक "योगी"
ठेगाना :- भरतपुर २३ जगतपुर
चितवन
No comments:
Post a Comment