गजल
बोल्दिन भन्दा पनि बोल्नै पर्यो ओई भने पछि
मुशुक्क मुस्कान छर्दै बोलिन् प्रिया होई भने पछि
! !
मलाई यसै रीस उठेको थिएन प्रियासँग आज
शङ्का गर्दै भेटेका जति सबै जोई भने पछि
! !
कलहले एकाएक विकराल रूप लिदै थियो
अचानक शान्त भो मैले प्रमाण खोई भने पछि
! !
साच्चै झैँ झगडा हुन्छ कि हुँदैन हजुरले नै भन्नुस्
भाँडा माझ,खाना बना कपडा आफै धोई भने पछि
! !
यौटा बबुरो यसै "योगी" बनेको होईन महोदय
स-सानो कुरामा झगडा गर्दै ल त छोई भने पछि ।।
प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
चितवन नेपाल
No comments:
Post a Comment